महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिए शपथ

महान्यायाधिवक्ता दिनमणि पोखरेलले लिए शपथ
+
-

काठमाडाैँ – महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले बिहीबार पद तथा गाेपनियताकाे शपथ लिएका छन्।

पोखरेलले शितलनिवासमा‍ आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गाेपनीयताकाे शपथ लिएका हुन्।

उनी बुधबार राष्ट्रपति भण्डारीद्वारा नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए।

राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन्।

महान्यायाधिवक्ता डा.पोखरेल प्युठानको झिमरुक गाउँपालिका- ४ निवासी हुन्। महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा लिइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?