थाइल्याण्डमा गुफामा फसेकाको उद्धार अभियान

भात खान खोजेका छन्, तर दिइएको छैन : बाँकीलाई लिन उद्धारकर्मी गुफामा

भात खान खोजेका छन्, तर दिइएको छैन : बाँकीलाई लिन उद्धारकर्मी गुफामा
+
-

थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको एक गुफामा फसेका बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्धार गर्ने अभियान मंगलबार फेरि सुरु भएको छ ।

गुफामा बाँकी रहेका चार बालक र उनीहरुका २५ वर्षे फुटबल प्रशिक्षकलाई उद्धार गर्ने अभियानका लागि उद्धारमा खटिएका १९ जना डाइभर स्थानीय समय अनुसार बिहान १० बजेपछि गुफामा पसेका छन् । आइतबारदेखि सुरु भएको उद्धार अभियानमा अहिलेसम्म ८ बालकलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ ।

मंगलबार बाँकी रहेका चार बालक, उनीहरुका प्रशिक्षक तथा उनीहरुको हेरचाहका लागि रहेका डाक्टर र नौसेनलाई बाहिर ल्याउने तयारी छ । यो नै अन्तिम उद्धार अभियान हुने अपेक्षा गरिएको छ।

पहिलो दिन आइतबार ११ घण्टा लगाएर चार बालकलाई बाहिर निकालेका डाइभरले दोस्रो दिन सोमबार ९ घण्टा लगाएर थप चार बालकलाई उद्धार गरेका थिए ।

तस्बिर : राेयटर्स

अन्तिम चरणको उद्धार सोमबारको भन्दा पनि छोटो अवधिमा हुने अपेक्षा गरिएको सरकारी अधिकारीले बताएका छन् । सोमबार रातभर ठूलो वर्षा भएकाले गुफाको अवस्था चुनौतीपूर्ण नै रहेको छ ।

गुफाबाट बाहिर निकालिएका बालकहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी सरकारी अधिकारीले दिएको बिबिसी र द गार्डियनले जनाएका छन् । गुफामा बाँकी रहेका बालक मध्ये सबै भन्दा कम उमेरका बालक ११ वर्षे रहेको जनाइएको छ ।

पहिलो दिन उद्धार गरिएका चार बालकले सिसाको झ्यालबाट आफ्ना अभिभावकलाई हेरेको स्वास्थ्य अधिकारीले बताएका छन् । उनीहरुले चाँडै नै अभिभावकसँग बोल्न पाउने छन् । यस्तै दोस्रो दिन सोमबार उद्धार गरिएका चार बालकले पनि चाँडै नै आफ्ना अभिभावकलाई देख्न पाउने छन् ।

अस्पतालमा रहेका दुई बालकको फोक्सोमा सामान्य खालको संक्रमण देखिएको छ । सबैलाई सनग्लासेस लगाउन दिइएको छ, किनकी उनीहरु दुई हप्ता भन्दा बढी समय पूर्ण अँध्यारोमा थिए ।

उनीहरुलाई अहिलेसम्म थाइ खाना, भात दिइएको छैन । बालकहरुले भने भात खाने इच्छा व्यक्त गरेका छन् । उनीहरुलाई केही चकलेट र हलुका खाना दिइएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

उद्धार गरिएका बालकलाई कम्तिमा सात दिन अस्पतालमै राखिने छ । यसको अर्थ उनीहरुले विश्वकप फुटबल हेर्न पाउने छैनन् । उनीहरुलाई विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्षले रुसमा जारी विश्वकप फुटबलको फाइनल हेर्नका लागि निम्तो गरेका थिए ।

गुफामा बाँकी रहेका चार बालक र उनीहरुका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरु उद्धारकर्मीसँगै डाइभ गरेर निस्कनका लागि तयार रहेको बताइएको छ । गुफामा बाढी पसेको तथा बाहिर निस्कने बाटो साँघुरो रहेकाले समस्या भएको छ ।

गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण निस्कने बाटो बन्द हुँदा फसेका थिए । उद्धारकर्मीमा विश्वका उत्कृष्ट ‘केभ डाइभर्स’ छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?