
काठमाडौ – खानीविद अरुणकुमार सुबेदीद्धारा लिखित जीवन यात्रा लोकार्पण भएको छ ।
घोष्टराइटिङका सम्पादक टंक पन्त, थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गरेको जीवन यात्रामा राजनीतिक, सामाजिक, धार्मिक सास्कृतिक, आर्थिक विकास, ऐतिहासिक जस्ता विषयलाई समेटिएको छ ।
लेखक सुबेदीले आफूले देशका लागि पुस्तक प्रकाशन गरेको बताए ।