लुम्बिनी विकास कोषद्वारा कपिलवस्तुका बौद्धस्थल अवलोकन

लुम्बिनी विकास कोषद्वारा कपिलवस्तुका बौद्धस्थल अवलोकन
+
-

बुटवल – लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्धस्थलहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचिन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो।

उक्त अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालिन पार्कका रुपमा विकास गर्न प्रस्तर राष्ट्रिय कार्यशालामा जुटन पदाधिकारीहरुले निर्देशन दिएका छन्।

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालिन सभ्यताका प्रशस्त अवशेषहरु कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमश काम गर्दै अघि बढ्ने बताए। उनले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सुचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूणर् प्रक्रिया पूूरा भएको बताए।

अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरुको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रियकार्यशाला गर्ने तयारी स्वरुप स्थलगत अवलोकन गरिएको बताए। सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरि बौद्धकालिन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषदले निणर्य गरिसकेको उनले बताए।

अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्तकाल पर्खाल निर्माण शुरु गर्नुपर्ने आवश्यकता देखिएकाले शुरु गर्ने सदस्य सचिव सानुराजा शाक्यले बताए।

बुटवलको नगरसभा बिहीबार हुने

बुटवल उपमहानगरपालिकाको नगरसभा बिहीबार हुने भएको छ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले बिहीबार नगर सभाको १२औं अधिवेशन डाक्ने निणर्य गरेको हो।

कार्यपालिकाको निणर्यअनुसार नगर सभाको १२औं अधिवेशनको बैठक यही पुस २१ गते बिहीबार दिउसो ३ बजे नगर कार्यपालिकाको सभाहलमा शुरु हुनेछ।

बैठकले राष्ट्रिय योजना आयोगबाट प्राप्त हुने विशेष अनुदान र समपूरक अनुदानका लागि प्रस्ताव पठाउने निणर्य गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए।

उहाँका अनुसार समपूरक अनुदानतर्फ ५२ वटा स्थानमा हाइ मास्ट लाईटका लागि ९ करोड, शहरी सडकको स्तरोन्नतिका लागि १६ करोड रुपैयाँका लागि प्रस्ताव पठाउने निणर्य भएको छ । यस्तै विशेष अनुदानतर्फ बुटवल उपमहानगरपालिकाले विद्यालयहरुको भवन निर्माण, छात्रबास निर्माणका लागि प्रस्ताव पठाएको प्रवक्ता रानाले बताए।

जसअनुसार सरस्वती आधारभूत विद्यालय बुटवल ११, सूर्योदय आधारभूत विद्यालय बुटवल ११, प्रगति माध्यमिक विद्यालय बुटवल ११, सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटवल ७, नवीन औद्योगिक माध्यमिक विद्यालय बुटवल ११ र नहरपूर माध्यमिक विद्यालय बुटवल ११ रहेका छन्।

यी विद्यालयका भवन निर्माण, छात्रबास निर्माण र पर्खाल निर्माणका लागि १ करोडदेखि २ करोडसम्मको प्रस्ताव पठाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए। यस्तै ज्योतिनगर पहिरो नियन्त्रणका लागि ५ करोड रुपैयाँ प्रस्ताव गरी पठाउने निर्णय बैठकले गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?