एक महिनादेखि प्रशासकीय अधिकृत अनुपस्थित, सामान्य औषधी पनि पालिकामा अभाव

एक महिनादेखि प्रशासकीय अधिकृत अनुपस्थित, सामान्य औषधी पनि पालिकामा अभाव
+
-

वीरगञ्ज- बाराको एक गाउँपालिकाका स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा औषधीको अभाव भएको छ।

सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव अनुपस्थित हुँदा औषधी खरिद गर्ने प्रक्रिया अघि बढ्न नसक्दा पालिकामा औषधीको अभाव भएको हो।

बढ्दै गरेको चिसोको मौसममा बिरामीहरू बढे पनि सुवर्ण गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा सामान्य किसिमको औषधीसमेत नहुँदा बिरामीहरू मर्कामा परेका छन्।

औषधी खरिदको प्रक्रिया पूरा नभएकाले औषधी खरिद गर्न नसकेकाे गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। औषधी नपाएपछि अहिले बिरामीहरू उपचार सेवा नपाइ रित्तै हात फर्किन बाध्य भएका छन्।

विगत एक महिनादेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा आएका छैनन्। जसकारण पालिकामा रहेका स्वास्थ्यचौकी र बर्थिङ सेन्टरहरूमा औषधीको अभाव भएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

उनीहरूका अनुसार सामान्य किसिमकाे औषधी पनि उपलब्ध छैन। औषधी नभएपछि दिनदिनै बिरामीकाे हप्की खाँदै आइरहेकाे स्वास्थ्यकर्मीकाे भनाइ छ।

सुवर्ण गाउँपालिका ४ हर्दिया टोलमा रहेको बर्थिङ सेन्टरका प्रमुख सुजित यादवले भने, ‘औषधीको अभाव छ। हामीहरूले बिरामीहरूलाई हाम्राे अवस्थाबारे जानकारी दिएर पठाउने गरेका छाैँ। तर पनि बिरामीहरूले औषधी नपाएपछि हप्काउँछन्।

औषधीको चरम अभाव भएर चारैतर्फबाट गुनासो आउन थालेपछि औषधी खरिद गर्नका लागि ठेक्का आह्वान भए पनि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख डा.सुरेन्द्र साहले जानकारी दिए।

‘कार्यालय प्रमुख नहुँदा औषधी खरिद गर्न सकेका छैनाैँ। सबै स्वास्थ्य संस्थामा औषधीको अभाव छ। मलगायत स्वास्थ्यका कर्मचारीले तीन महिनादेखि तलबसम्म पाएका छैनौँ’, उनले भने।

यता गाउँपालिकाका अध्यक्ष राजेश यादवले पनि प्रमुख प्रशासकीय अधिकृत एक महिनादेखि सम्पर्कविहीन हुँदा पालिकामा औषधी अभावदेखि लिएर दैनिक कामकाजमा समेत समस्या पर्दै आएको बताए।

‘प्रमुख प्रशासकीय अधिकृतज्यू जानु भएको एक महिनाभन्दा बढी भयो। किन जानु भयो त्याे पनि थाहा छैन। सम्पर्कमा पनि आउनु भएको छैन। गाउँपालिकाको दैनिक कामकाज लथालिंग छ। सेवाग्राहीहरू काम नभएर गाली दिएर फर्किने गरेका छन्’, उनले भने।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’