इतिहास रच्ने होडमा भुटनिज युथ, संकटाले संकट निम्त्याउला?

इतिहास रच्ने होडमा भुटनिज युथ, संकटाले संकट निम्त्याउला?
+
-

पोखरा- आहा रारा पोखरा गोल्डकपमा पहिलो पटक विदेशी टिम भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका फाइनलमा पुगेको छ। २०५८ सालमा भएको क्याराभान गोल्डकपसहित गरेर २२ औँ संस्करणसम्म आइपुग्दा फाइनल पुगेको इतिहास बनाएको भुटनिज युथले उपाधिसमेत उचालेर इतिहास रच्न चाहन्छ।

उपाधि होडमा भुटनिजलाई संकट निम्त्याउने दाउमा संकटा क्लब छ। यी दुई क्लबबीचको फाइनल खेल शनिबार आज दिउँसो साढे १ बजे पोखरा रंगशालामा हुँदैछ।

भुटनिज युथ क्बलको प्रतियोगितामा यो दोस्रो पटकको सहभागिता हो। अघिल्लो पटक भुटनिज समूह चरणको खेलमा एपिएफ क्लबसँग पराजित हुँदै अमेरिका फर्किएको थियो।

०७७ मा पहिलो पटक संकटाले उपाधि जित्दै इतिहासमा नाम लेखायो। संयोग उपाधि होडमा संकटाले विदेशी टिम अफ्रिकन रुट्ससँग आमनेसमाने भएको थियो।

रुट्ससँग निर्धारित समयमा १-१ गोलको बराबरी खेलेको संकटाले टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै इतिहास रच्च सफल भयो। त्यो इतिहासलाई संकटा फेरि दोहोर्‍याउन चाहन्छ ।

संकटाले दुई विभागीय क्लबलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो। क्वाटरफाइनलमा संकटाले त्रिभुवन आर्मी क्बललाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्‍याे।

सेमिफाइनलमा निकै आक्रमक खेलेको संकटाले अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफमाथि ४-१ को प्रभावशाली जित निकाल्दै दोस्रो पटक उपाधिको नजिकै पुगेको छ।

तीन पटकसम्म ए डिभिजन लिग च्याम्पियन बनेको संकटाले ६ जना राष्ट्रिय खेलाडीलाई हालै टिममा अनुबन्ध गरेको छ।

संकटाले राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापालाई भित्र्याएको हो। यस्तै, संकटाबाट खेलिरहेका क्यामरुनी खेलाडी स्टेफेन बिनोङ र मोसुकीको उपस्थितिले संकटा बलियो देखिन्छ । मोसुकीले यसअगाडिको दुई खेलमा तीन गोल गरे। बिनोङले एकै खेलमा दुई गोल गरे।

करिब ४ करोड खर्चेर नेपालमा फुटबल खेल्न आएको भुटनिज युथ स्पोर्टस क्लबले क्वाटरफाइनलमा आहारारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मनाङ मरस्र्याङदी क्बललाई १-० गोल अन्तरले पाखा लगाएर सेमिफाइनल प्रवेश गर्‍याे।

सेमिफाइनलमा आहा रारा पोखरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडलाई १-० गोल अन्तरले रोक्दै उपाधि यात्रामा पुगेको हो।

भुटनिजका खेलाडी हेक्टर ओर्टगा, देस्वान पेट्रोसम, डयोला इर्कोजको खेलले उपाधि जित्दै इतिहास रच्न सक्ने अवस्था छ। भुटनिजको डिफेन्स बलियो भए पनि संकटाको फरवार्ड चुनौती हुन सक्छ।

संकटाले आगामी लिगलाई मध्यनजर गर्दै तयारी गरेकाले उपाधि जित्ने प्रशिक्षक सल्यान खड्गीको दाबी छ। ‘खेल्न आएपछि जित्ने नै उद्धेश्य हुन्छ। हाम्रो तयारी जित्ने गरेर छ’, उनले भने।

फाइनलमा संकटाले फिजिकलभन्दा टेक्निकल खेल खेल्ने खड्गीले बताए। भुटनिजमा विदेशी खेलाडी धेरै भएकाले फिजिकल्ली बलियो छ।

०६९ मा थ्रीस्टारले आहारारा गोल्डकपको उपाधि उचाल्दा प्रदिप हुमागाईंले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनै हुमागाईं यसपाली भुटनिजको प्रशिक्षक छन्।

भुटनिजलाई उपाधि जिताएर पोखरामा आफू सफल बन्ने मुडमा उनी छन्।

‘हाम्रो प्लयेरहरूमा होमग्राउन्डको भाइब्स आइरहेको कारण जसरी अघिल्ला म्याचहरू सजिलै खेलिरहेका छौँ फाइनल पनि सजिलै खेल्नेछौँँ’, उनले भने।

संकटासँग खेल्ने खेल अनुभव बटुल्न उपयुक्त भएको उनले बताए।

पुस १४ गतेदेखि पोखरा रंगशालामा २२ औं आहा रारा पोखरा गोल्डकप जारी छ। सहारा क्लबले आयोजना गरेको गोल्डकपमा विदेशी क्लब भुटनिज युथ स्पोर्टस क्लबसहित विभागीय टिम नेपाल पुलिस, त्रिभुव आर्मी, एपीएफ, मनाङ मरस्र्याङदी, चर्च ब्वाइज युनाइटेड, संकटा क्लब, मच्छिन्द्र क्बल, धरान फुटबल क्लब र आयोजक सहारा क्बल सहभागी भए।

विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको हो। विजेताले पाउने पुरस्कारमा २ लाख रुपैयाँ र उपविजेताले पाउनेमा १ लाख रुपैयाँ वृद्धि गरिएको हो।

उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ। पाँच विधामा उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जनाएको छ।

सर्वाधिक गोलकर्ताले पनि २५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ८ हजार रुपैयाँ प्रदान गरियो। फाइनल खेलको म्यान अफ दि म्याचले भने १० हजार रुपैयाँ पाउनेछन्। फेयर प्ले टिमलाई समेत १० हजार रुपैयाँ प्रदान गरिनेछ।

आहारारा पोखरा गोल्डकपको २२ औँ संस्करणको फाइनल समीकरण पूरा हुँदासम्म २० गोल भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?