पब्जी ग्लोबल च्याम्पियनसिपमा नेपाल दोस्रो: हात पार्यो ३ करोड ८६ लाख पुरस्कार

पब्जी ग्लोबल च्याम्पियनसिपमा नेपाल दोस्रो: हात पार्यो ३ करोड ८६ लाख पुरस्कार
+
-

इन्डोनेसियाको जकार्तामा भएको पब्जी मोबाईल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम द रियल सोल्जर्स (डीआरएस) ले  दोस्रो स्थान हासिल गरेको छ।

पब्जिको विश्वकपका रुपमा समेत लिइने यो प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख डलर हात पारेको थियो। फाइनल चरणको छनोट हुँदाको ९२ हजार अमेरिकी डलरपनि उसले पुरस्कार स्वरुप प्राप्त गर्दै समग्रमा ३ करोड ८६ लाख नेपाली रुपैयाँ पुरस्कार हात पारेको हो।

१६ टिम सहभागि प्रतियोगितामा १४ टिमले लिग स्टेजबाट छनोटमा स्थान बनाउँदा २ टिमले सोझै स्थान बनाएका थिए। प्रतियोगितामा टर्कीको एस टु जी स्पोर्ट्स विजयी भएको थियो। उसले ४ लाख अमेरिकी डलर हात पार्दा समग्रमा भने ५ लाख १० हजार डलर जित्न सफल भयो।

प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा रहेको डीआरएस एरांगलमा खेलिएको अन्तिम खेलमा अपेक्षित प्रदर्शन गर्न असफल भएको थियो।

टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो स्थान हासिल गर्यो। डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो। समान १ सय ५६ अंक जोडेका तेस्रो स्थानको अल्फा ७ ईस्पोर्ट्सले २ लाख १७ हजार तथा चौथो स्थानको गडलाइक स्टलवार्टले २ लाख अमेरिकी डलर जित्यो।

नेपालबाटै सहभागि भएको टिम ट्रेन्ड टु किल (टि२के) १ सय १२ अंकसाथ १३ औं स्थानमा रहयो। टोलीले कुल १ लाख ३२ हजार ५ सय (१ करोड ७५ लाख) अमेरिकी डलर प्राप्त गर्यो। छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको टि२के ले अन्तिम चरणमा भने कमजोर प्रदर्शन गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?