
सिमकोट – जिल्ला अस्पतालसहित तीन वटा गाउँपालिकाका स्वास्थ्य शाखालाई स्वास्थ्य सेवा विभागले प्रोटेवल भिडियो एक्स–रे मेसिन उपलब्ध गराएको छ।
बिरामीको चेकजाँच उक्त मेसिनबाट ग्रामीण स्वास्थ्य चौकीमा गर्नका लागि विभागले सो सेवा उपलब्ध गराएको हो।
अस्पताल विकास समितिका अध्यक्ष दीपक भण्डारीले तीन वटा गाउँपालिकाका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा प्रोटेवल भिडियो एक्स–रे मेसिन (प्रोटेबल युुएसजी) उपलब्ध भएको बताए।
स्वास्थ्य सेवा विभागको लक्ष्य सो सेवा गाउँ–गाउँका स्वास्थ्य चौकीबाट प्रदान गर्ने भएअनुुसार चार वटा उक्त मेसिन उपलब्ध भएको हो।
यसका लागि विभागबाट उक्त मेसिन जिल्ला अस्पताल, खार्पुनाथ, नाम्खा र अदानचुली गाउँपालिकाको स्वास्थ्य शाखालाई उपलब्ध भएको हो।
जिल्ला अस्पतालमा भएको उक्त मेसिन बिग्रिएका बेला विभागबाट उपलब्ध भएपछि सेवा प्रदान गर्न सहज भएको छ।
अस्पतालका लागि मेसिन उपलब्ध भएपछि सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा चिकित्सकसहित सो सेवा प्रदान गर्न सकिनेछ।
स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नन्दबहादुुर शाहीले अस्पतालबाहेक जिल्लाका अन्य २६ वटा स्वास्थ्य चौकीमा उक्त मेसिन नभएको बेला विभागबाट सो मेसिन प्राप्त भएको बताए।
उनले स्यानो र हल्का भएका कारण मेसिन प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य शाखाले विद्युुत्को सुविधा भएका स्वास्थ्य चौकीमा चिकित्सक लगेर सेवा प्रदान गर्न सकिने बताए।
अन्य बिरामीका साथै अब गर्भवती महिलाको गर्भको अवस्थाबारे पनि चेकजाँच गर्न सहज भएको भन्दै उनले नयाँ र आधुुनिक प्रविधिको मेसिन प्राप्त भएकाले बिरामीको उपचार गर्न उपयोगी हुने जानकारी गरे। गाउँपालिकाले मेसिन सञ्चालनको लागि जनशक्तिलाई तालिम र चिकित्सकको व्यवस्था भने गर्नु पर्नेछ।
मेसिन जिम्मा लिँदै खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुुख बलिराज शाहीले आफ्नो गाउँपालिकाका चार वटा स्वास्थ्य चौकीबाट उक्त सेवा दिन सक्ने अवस्था रहेको बताए।
सो सेवा प्रदान गर्नका लागि जिल्ला अस्पतालसँग महिनामा एक पटक चिकित्सकलाई गाउँपालिकाका चार वटै स्वास्थ्य चौकीमा लगेर उपचार गर्ने सम्झौता भएको र अब माघ महिनाबाट राया स्वास्थ्य चौकीबाट सेवा प्रदान गर्न सुुरु हुनेछ।
मेसिनसँगै प्रिन्टर, ट्याव पनि उपलब्ध भएकाले चिकित्सकले बिरामीको चेकजाँचपछि रिपोर्टसमेत स्वास्थ्य चौकीमा प्रिन्ट गरेर दिनेछन्। अब भिडियो एक्स–रे गर्नकै लागि बिरामीलाई जिल्ला अस्पताल वा जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यतासमेत हटेको छ।
एउटा मेसिनको मूल्य १५ लाख ६५ हजार पर्ने भएको कारण चार वटै मेसिनको मूल्य ६२ लाख साठी हजार रहेको विभागले जनाएको छ।