‘मुक्तिनाथ आत्मनिर्भर ग्रिनप्रोजेक्ट’ अभियान सञ्चालन

‘मुक्तिनाथ आत्मनिर्भर ग्रिनप्रोजेक्ट’ अभियान सञ्चालन
+
-

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लि.ले १७औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै “मुक्तिनाथ आत्मनिर्भर ग्रिनप्रोजेक्ट” अभियानको संचालन गरेको छ ।

यस अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरु छनौट गरी आवश्यकता अनुसार थोपा सिचाई करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तान्तरण गरेको छ ।

दैनिक रुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको हो । यसबाट संस्थामा बस्ने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनको बारे जागरुकता सिर्जना हुने समेत बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?