प्रदेश-७ मा तेत्तिस प्रतिशत महिला नहुने

प्रदेश-७ मा तेत्तिस प्रतिशत महिला नहुने
+
-

काठमाडौं- दलहरुले सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक सांसदहरुको प्रारम्भिक सूचीमा प्रदेश नम्बर ७ मा तेत्तिस प्रतिशत महिलाको प्रतिनिधित्व नहुने देखिएको छ।

प्रत्यक्षतर्फ १८ सिटजितेको एमालेले समानुपातिकमा पाएको ८ सिटमै महिला पठाउँदा पनि एमालेको तर्फबाट प्रदेश सभामा करिब ३१ प्रतिशत मात्रै महिला सहभागिता भएको छ।

यस्तै ९ सिट प्रत्यक्षमा जितेर ४ सिट समानुपातिकमा पाएको माओवादी र १ प्रत्यक्षमा जितेर १ सिटनै समानुपातिकमा पाएको राजपाले पनि समानुपातिकमा महिलालाई मात्रै सिफारिस गरेका छन्।

नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ४ सिट जितेकाले उसले ४ जना महिलालाई सिफारिस गर्दा दलगत रुपमा पुग्‍नु पर्ने तेत्तिस प्रतिशत प्रतिनिधित्व पुगेको देखिन्छ।

प्रदेश नम्बर ७ को प्रदेश सभामा प्रत्यक्ष तर्फ ३२ र समानुपातिक तर्फ २१ सिट रहेका छन्। प्रत्यक्ष तर्फपुरुषमात्र बिजयी हुँदा प्रदेश सभामा तेत्तिस प्रतिशत महिला प्रतिनिधित्व गर्न कठिन देखिएको हो।

दलहरुले समानुपातिकबाट १८ महिला सिफारिसगर्नुपर्नेमा १७ जनामात्रै सिफारिस गरेका छन्।संविधानको धारा १७६ को उपधारा ९ मा प्रदेश सभामाप्रतिनिधित्व गर्ने राजनीतिकदलले एक तिहाई महिला सिफारिस गर्नु पर्ने उल्लेख गरिएको छ।एमाले बाहेकका दलले यो धाराको पालना गरेका छन्।

एमालेले पुरुष सिफारिस गर्न नपाउँदा एमालेको तर्फबाट मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएका कर्ण थापाले पनि सांसद बन्‍ने अवसर पाएका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?