
हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन्।
पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
मंगलबार बसेको पहिलो मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाउने सम्बन्धमा प्रतिवेदन बनाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो।