
काठमाडौँ – बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ताकाे लागि बिहीबार समय निर्धारण गरिएकाे छ।
प्रदेश सभा सचिवालयका अनुसार आज बिहीबार बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको हाे।
आज सत्तारुढ गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भएपनि गठबन्धन इतरको उम्मेदवार भने टुङ्गो लागिसकेको छैन।
सचिवालयका अनुसार साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ।