
काठमाडौँ – अबिरल वर्षाका कारण देशका धेरै ठाउँमा बाढी आएको छ । भक्तपुरमा बाढीले जनजीवन प्रभावित भएको छ । बुधबार रातभर परेको अबिरल वर्षाका कारण हनुमन्ते खोलामा बाढी आएको छ ।
यसले गर्दा भक्तपुरका बस्ती जलमग्न भएका छन् । उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन भएका छन् । अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन । तर ठाउँ ठाउँमा बाढी तथा पहिरोका कारण बाटो अवरुद्ध भएका छन् ।
विपी राजमार्ग र अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । अबिरल वर्षा रोकिन अझै केही घण्टा लाग्ने देखिकाले बाढी अझै बढ्ने सम्भावना रहेको मौसमविद विभूति पोख्रेलले जानकारी दिएकी छन् ।