चाडपर्वकाे संरक्षण गर्नु हामी सबैको दायित्व: मुख्यमन्त्री गिरी

चाडपर्वकाे संरक्षण गर्नु हामी सबैको दायित्व: मुख्यमन्त्री गिरी
+
-

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिकोे लागि शुभकामना व्यक्त गरेका हुन्।

मुख्यमन्त्री गिरीले शुभकामना सन्देश जारी गर्दै पर्वहरुले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने उल्लेख गरेका छन्। नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृति अनुसार मनाउने गर्दछन्। ‘मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वद्धन गर्नु हामी सबैको दायित्व हो’ मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ। लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध भएर लागेको उल्लख गर्दै मुख्यमन्त्री गिरीले‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’ भन्ने मूल मन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ अघि बढेको उल्लेख गरेका छन्।

लुम्बिनी प्रदेश सरकारले माघ २ गते साेमवार सार्वजनिक विदा समेत दिएको छ। सोही दिन मुख्यमन्त्री परिसारमा माघ उत्सव समारोहको आयोजना गरिने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?