
काठमाडौँ – पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनामा मृत्यु भएकाहरुको शव खोंचबाट निकाल्न कठिन भएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार शव खोचमा धेरै तल फसेकोले निकाल्न समस्या भएको हो।
’३१ वटा शव निकालेर अस्पताल पुर्याइसकेका छौँ। ३३ वटा शव खोंचमा भेटिएका छन्। निकाल्न प्रयास भइरहेको छ,’ उनले भने, ‘खोंचमा धेरै तल शव भएकोले निकाल्न समस्या भइरहेको छ।’
काठमाडौँबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ।
जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनामा परेको जहाजमा आगो लागेको थियो। केही घन्टापछि आगो नियन्त्रणमा लिएर अहिले उद्धारको काम भइरहेको छ। मृत्यु भएकामध्ये ५ जनाको सनाखत भइसकेको छ।