
पोखरा – पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४ जनाको अवस्था अझै अज्ञात रहेको छ।
हिजाे आइतबार भएकाे विमान दुर्घटनामा परेर ज्यान गुमाएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि अजय केसीले बताए। ‘करिव ४० जनाको सनाखत भइसकेको छ’, उनले भने।
मृतकका आफन्तले शवको सनाखत गरिरहेको केसीले जानकारी दिए। सनाखत भएका शव पोष्टमार्टमपछि प्रकृया पुर्याएर आफन्त जिम्मा लगाउने उनले बताए। ‘विदेशी नागरिक, क्रु मेम्बर, पहिचान नखुलेको र काठमाडौँनै लगेर पोष्टमार्ट गर्छौ भन्ने हकमा काठमाडौँ लग्ने व्यवस्था हुँदैछ’, उनले भने।
पोखरा महानगरपालिका- ७ र १५ जोड्ने मितेरी पुल नजिकै सेती खोँचमा फेला नपरेका ४ जनाको खोजी जारी छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोँचमाथि अड्एिको विमानको बडीमा खोजतलास गरिरहेको छ।