
भक्तपुर– लगातारको वर्षाले भक्तपुरको विद्यालयहरु डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीले लिबालिदेखि राधेराधेसम्मका विभिन्न स्कूल डुबानमा परेको हो। बाढी प्रभावित क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गरिएको छ।
भक्तपुरको राम मन्दिरमा रहेको शान्ती निकेतन माध्यमिक विद्यालयमा पनि पानी पसेको छ। प्रधानाध्यापक महेन्द्र गोपाल कर्माचार्यका अनुसार, ‘कक्षा १० को बिहानी कक्षा बन्द गरिएको छ।’ बाढिले शान्ती निकेतनको १० ओटा कक्षा कोठा र अरु तीनवटा कोठमा जलमग्न भएका छन्।
यस्तै हनुमान घाटको श्री बालसेवक आधारभूत विद्यालय पनि डुबानमा परेको छ। विद्यालयका प्रधानाध्यापक जयपालहरि कायस्थका अनुसार ११ वटा कक्षामा पानी पसेको छ। विद्यालयमा बिहीबार पठनपाठन बन्द गरिएको छ।
यी लगायत सल्लाघारीको इवामुरा कलेजको अक्सपर्ट स्कूल डुबेको छ, बाढीले सारदा आधारभूत विद्यालयलाई पनि प्रभावित पारेको थियो। डुबानमा परेका विद्यालयका कक्षाकोठामा बेन्च डेस्कहरु डुबेको छ। सामानहरु पानीले डुबेका छन्।