देशसञ्चार समाचार प्रभाव

न्यूरोडमा मोबाइल बेच्‍ने ११ पसल परे कारबाहीमा

न्यूरोडमा मोबाइल बेच्‍ने ११ पसल परे कारबाहीमा
+
-

काठमाडौँ – करदाता सेवा कार्यालय न्यूरोडले न्यूरोडमा मोबाइल विक्री गर्ने  ११ पसललाई कारबाही गरेको छ। देशसञ्चारले न्यूरोडमा भ्याट बिलबिना मोबाइल बिक्री गरिरहेको सामाचार प्रकाशित गरेपछि अनुगमनमा गएको करदाता सेवा कार्यालयको टोलीले मोबाईल पसललाई कारबाही गरेको हो।

आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपालले देशसञ्चारमा ‘भ्याट बिल लिनु उपभोक्ताका लागि ‘फलामको चिउरा’‘ शिर्षकमा समाचार प्रकाशित भएलगत्तै करदाता सेवा कार्यालय न्यूरोडका प्रमुख ढकराम तिवारीलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएका थिए।

नेपालको निर्देशनपछि बजार अनुगमनमा गएको करदाता सेवा कार्यालयको टोलीले खरिद बिक्री खाता अध्यावधिक नगरेको, कारोबार स्थलमा बिल-बिजक नराखेको, स्टक बुक अध्यावधिक नगरेको भन्दै ११ पसललाई ८५ हजार रुपैयाँ जरिवाना गरेको हो।

करदाता सेवा कार्यालय न्यूरोडका प्रमुख तिवारीले मोबाईल पसललाई ५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरिएको जानकारी दिए।

तिवारीले आफूहरु नियमित बजार अनुगमनमा जाने बताए पनि एक मोबाईल पसलले देशसञ्चार सँग भने, ‘कर कार्यालयले नियमित  बजार अनुगमन गरेको भए न्यूरोडमा भ्याट बिल बिनाको सामान बिक्री हुन सक्ने थिएन।’

यो पनि पढ्नुहोस्

भ्याट बिल लिनु उपभोक्ताका लागि ‘फलामको चिउरा’

भ्याट बिल लिनु उपभोक्ताका लागि ‘फलामको चिउरा’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’