
काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल)कोे उपाधि भिडन्तमा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई एक सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४९ रन जोड्यो। विराटनगरको पालीमा अंशुमान रठले ४१, कप्तान पारस खड्काले २७, अनिल शाहले २२, बाबर हायातले ११ र प्रनित थापाले १४ रन बनाए।
भैरहवाका बलर कृष्ण कार्की र हरिशंकर शाहले दुई दुई विकेट लिए । शरद भेषावाकर र आरिफ शेखले एक एक विकेट हात पारे।
पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेको विराटनगरले दोस्रो विकेटका लागि २४, तेस्रो विकेटका लागि २७ र पाँचौं विकेटका लागि ३४ रनको साझेदारी गरेको थियो। प्रतियोगिताको विजेताले २१ लख रुपैयाँ पाउने छ।
यो पनि हेर्नुहोस्:
पारसको टीम विराटनगर वारियर्स विजयी