अध्यक्ष राउतकाे प्रश्न: तपाईंहरू अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ?

अध्यक्ष राउतकाे प्रश्न: तपाईंहरू अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ?
+
-

काठमाडाैँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पदका लागि नभइ देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पदका लागि नभइ देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेकाे बताएका हुन्।

उनले मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘सभामुखको निर्वाचनको रूपमा विभिन्न दलबाट उम्मेदवार आउनुभएको छ। राष्ट्रिय सहमतिको लागि कुरा ल्याए। यो केका लागि? पदको लागि मात्रै हो कि? देश संकटको लागि पनि राष्ट्रिय सहमतिको कुरा गर्न मिल्दैन? पदको लागि मात्रै किन कुरा? दलभन्दा माथिको कुरा गरिन्छ। मधेसी पार्टीलाई धकेलेर अगाडि जान खोज्नुभएको हो? हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरू एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन? त्यो ठूलो कुरा हो।’

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए।

जसमा संसदमा उपस्थित अधिकांश दल र सांसदहरूले १ मिनेट उठेर मौन धारण गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?