पूर्वयुवराज पारस धनगढीमा, समर्थकले गरे स्वागत

पूर्वयुवराज पारस धनगढीमा, समर्थकले  गरे स्वागत
+
-

धनगढी- पूर्वयुवराज पारस शाह सुटुक्क धनगढी आई पुगेका छन्। कर्मनिष्ठ अभियानका क्रममा देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस बुधवार साझ धनगढी आई पुगेका छन्। उनलाई धनगढीमा उनका समर्थकहरुले स्वागत गरे। उनी धनगढीको रुवस होटलमा बसेका छन्।

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार देश र जनताको अवस्था बुझ्‍न र कर्मनिष्ठ अभियानका क्रममा पूर्व युवराज पारस धनगढी पुगेका हुन। उनले पूर्वयुवराज पारस करीव दुई हप्ता प्रदेश नम्बर७ मा रहने समेत जानकारी दिए।

असार ९ गते लमजुङबाट कर्मनिष्ठ अभियान शुरु गरेका पूर्व युवराज पारस मनकामना र गोरखनाथ मन्दिरको दर्शनपछि समर्थक सहित स्थलमार्ग भएर देशव्यापी भ्रमणमा निस्किएका हुन्।

लमजुङ, गोरखा, पोखरा, रुपन्देही हुँदै नेपालगञ्‍ज भएर पूर्वयुवराज पारस धनगढी आइपुगेका छन् र करिब दुई साता धनगढीमै बस्ने छन्। पारस धनगढी पुगेदेखि नै उनका समर्थकको रुवस होटलमा घुँईचो लागेको छ। भेटघाट गर्ने क्रम चलिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?