सरकारले जागिर खोसेका थप दुई जनाले हाले रिट,सर्वोच्च पुग्‍नेको संख्या १३ पुग्यो

सरकारले जागिर खोसेका थप दुई जनाले हाले रिट,सर्वोच्च पुग्‍नेको संख्या १३ पुग्यो
+
-

काठमाडौं- सरकारले पदबाट हटाएका २ जनाले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सरकारले गैरकानुनी रुपमा पदबाट हटाएको दाबी गर्दै घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीन कुमार झा र एकीकृत बाग्मती विकास समितीका अध्यक्ष नरेन्द्र राज बस्नेतले सरकारले गैर कानुनी रुपमा पदबाट हटाएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

बिहिबार सहित गरि सरकारले निर्णय विरुद्ध १३ जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

बुधबार नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिहं साउँद, खानेपानी संस्थानका सञ्चालक लिला राम शर्मा, भोगेन्द्र मिश्र र मिना पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण आयोगका अध्यक्ष गंगाधर पराजुली र राष्ट्रिय सहकारी विकास बोर्ड मध्यमाञ्चल विकास समितिका अध्यक्ष विमल कुमार निरौलाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सरकारले गरेको निर्णय कानुन विपरीत रहेको दाबी गर्दै सोमबार कर्जा सुरक्षण कोषको प्रमुख (सीइओ) बिष्णुबाबु मिश्रले र मंगलबार नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौडेल, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले आफ्नो बर्खास्ति गैर कानुनी रहेको दाबी गर्दै रिट दायर गरेका थिए

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बैठकले ‍पुर्ववर्ति शेर बहादुर देउवा सरकारले भदौ १४ गतेपछि गरेका राजनितिक नियुक्ति बदर गरेपछि उनिहरु बर्खास्तमा परेका थिए।

सरकारले नियुक्ति बदर गर्दै थमाएको पत्रमा निर्वाचन आचार संहिता विपरीत गरिएको नियुक्ति बदर गरिएको उल्लेख गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’