सरकारको कम्लरी मुक्त घोषणा: मुखमा रामराम बगलीमा छुरा

कैलालीमा कम्लरी प्रथा कायमै, २८ बालिका प्रतिष्ठित व्यक्तिकै घरमा कम्लरी बस्‍न बाध्‍य

कैलालीमा कम्लरी प्रथा कायमै, २८ बालिका प्रतिष्ठित व्यक्तिकै घरमा कम्लरी बस्‍न बाध्‍य
+
-

धनगढी- नेपाल सरकारले २०७० असार १३ गते अर्थात करिव पाँच वर्ष अगाडि कमलरी मुक्ति घोषणा गरेको थियो। तर, कैलालीको हकमा भने कमलरी मुक्ति घोषणा घोषणामै सीमित बनेको छ।

कानूनी रुपले प्रतिबन्धित ठहर गरी कमलरी मुक्तिको घोषणा गरिए पनि कैलालीमा कमलरी राख्‍ने कार्य रोकिएको छैन। मुक्त कमलरी विकास मञ्चले गरेको पछिल्लो एक सर्वेक्षण अनुसार जिल्लाका २८ जना बालिका विभिन्‍न ठाउँमा कमलरी बसिरहेका छन्।

कमलरी बसिरहेकामध्ये ११ देखि २५ वर्षसम्मका छन्। उनीहरुलाई वार्षिक ज्याला दिने वा पढाउने सर्तमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुले समेत राखेको पाइएको छ।

अझै कहाँ कति कम्लरी ?


मञ्चले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कैलारी गाउँपालिकाबाट चार जना कमलरी बसिरहेका छन्। रामपुरकी १४ वर्षीया जमुना चौधरी घोडाघोडी नगरपालिकास्थित लोहागरमा, लक्करकी १७ वर्षीया आरती चौधरी धनगढीस्थित पदम ओझाको घरमा कमलरी बसेका छन्।

यस्तै, लक्करकै १३ वर्षीया भारती चौधरी धनगढी गाउँस्थित जनक कुँवरको घरमा र ११ वर्षीया मनिषा चौधरी धनगढीस्थित मनेहरामा कमलरी बसेका छन्। सबैलाई पढाउने गरी घरको कामकाजका लागि राखिएको जनाइएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका १८ वर्षीया पूजा चौधरी आरसी यादवको घरमा, १५ वर्षीया सुजिता चौधरी चन्द्रसिंह चौधरीको घरमा काम गर्दैछन्।उनीहरुलाई वार्षिक ३० हजार रुपिया ज्याला दिने गरी राखिएको जनाइएको छ।

यस्तै, धनगढी गाउँकै १२ वर्षीया सर्मिला चौधरीलाई वार्षिक १५ हजार ज्याला दिने गरी धनगढी गाउँकै मिन गिरीको घरमा राखिएको छ। भजनी नगरपालिका-८ भजनीकी १४ वर्षीया गीताकुमारी चौधरी भजनीकै विक्रम चौधरीको घरमा वार्षिक एक क्वीन्टल चामल पाउने गरी पाँच वर्षदेखि काम गरिरहेको पाइएको छ।

लम्कीचुहा नगरपालिकाका सबैभन्दा बढी ८ जना बालिका कमलरी बसेका छन्। गप्का गाउँका १३ वर्षीया निशा चौधरी काठमाण्डौंमा विषय स्वाँरको घरमा, १६ वर्षीया पवित्रा चौधरी काठमाण्डौं, १३ वर्षीया संचिता चौधरी काठमाण्डौं, १८ वर्षीया गीता चौधरी पनि काठमाण्डौंमै कमलरीको रुपमा काम गर्दैछन्।

१६ वर्षीया कविता चौधरी लम्की बजार स्थित पूर्णबहादुर शाहीको घरमा, १४ वर्षीया सुविता डङ्गौरा लम्कीकै जयरुप बुढाको घरमा, १६ वर्षीया मञ्जु चौधरी भारतको दिल्लीमा र १८ वर्षीया जुनी चौधरी चिसापानी स्थित शशीलिगल श्रेष्ठको घरमा वार्षिक ज्याला पाउने गरी कमलरी बसेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ।

बर्दगोरिया गाउँपालिका–४ की १६ वर्षीया निरुता चौधरी काठमाण्डौं स्थित एकेन्द्र मल्लको घरमा वार्षिक एक लाख ४४ हजार ज्याला पाउने गरी कमलरी बसेको जनाइएको छ।

यस्तै, वडा नम्बर २ की १८ वर्षीया अस्मिता डङ्गौरा सुर्खेतमा ज्याला पाउने गरी काम गरिरहेको जनाइएको छ । टीकापुर नगरपालिका स्थित गणेशपुरकी १७ वर्षीया सपना चौधरी परशुराम चापाईको घरमा, भागरहियाकी १५ वर्षीया पूजा चौधरी टीकापुरमै, बनगाउँकी १४ वर्षीया सुस्मिता चौधरी महंगा चौधरीको घरमा काम गरिरहेका छन्।

यसैगरी, जानकी गाउँपालिका–६ गोलोरीकी २१ वर्षीया सन्तोषी चौधरी पोखरा स्थित सञ्जु शर्माको घरमा, वडा नम्बर १ की १३ वर्षीया सञ्जु चौधरी शशीलिगल श्रेष्ठको घरमा, १५ वर्षीया सुमती चौधरी चिसापानीमै खगेन्द्र कार्कीको घरमा, वडा नम्बर ९ की १५ वर्षीया झूमा चौधरी चिसापानीमै पदम शाहको घरमा कमलरी बसेका छन्।

उनीहरुलाई वार्षिक ज्याला दिने गरी काम गर्नका लागि राखिएको छ।जोशीपुर गाउँपालिका–५ की २० वर्षीया शोभा चौधरी महेन्द्रनगरमा पुरन साउँदको घरमा, वडा नम्बर ४ लोखरीकी २५ वर्षीया लाली थारु काठमाण्डौंमा युगेश खत्रीको घरमा र वडा नम्बर ५ की १७ वर्षीया सृजना चौधरी धनगढी स्थित कमलेश चौधरीको घरमा वार्षिक ज्याला पाउने गरी कमलरी बसिरहेको जनाइएको छ।

उनीहरुलाई घरको कामकाज गराउने गरी राखिएको मुक्त कमलरी विकास मञ्चले जानकारी दिएको छ। कमलरी मुक्ति घोषणापछि जिल्ला प्रशासन कार्यालय मार्फत कमलरी मुक्त गर्ने अभियान थालिएको थियो। त्यो अभियान प्रभावकारी रुपमा अगाडि बढ्न नसकेकै कारण अहिले पनि कलिला बालिका समेत कमलरी बसेको पाइएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सचिव सुजाता चौधरी बताइन्।

कानूनले नै कमलरी राख्न बर्जित गरेकाले कमलरी बसेका सबैलाई तत्काल मुक्त गर्नु पर्ने धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले बताए। उनले भने, ‘कुनै पनि हालतमा कमलरी राख्न पाइदैन। सरकारले नै मुक्ति घोषणा गरि सकेकाले उनीहरुको उद्धार गरी उचित व्यवस्थापन गर्न आवश्यक छ।’

जिल्ला प्रशासन कार्यालयमार्फत मालिकहरुलाई बोलाएर कमलरी फिर्ता गर्नका लागि तत्काल पहल थालिने महिला विकास अधिकृत सन्ध्या सिंहले बताइन् ।
‘साथै, कमलरी बसेका बालिकाहरुको अवस्था र उनीहरुको इच्छा समेत बुझन आवश्यक छ’, उनले भनिन्।

कमलरीहरुको उद्धार गरेर उनीहरुको शिक्षा दिक्षा सुनिश्‍चत गरिने बताइएको छ।मुक्त कमलरीहरुको शिक्षाका लागि कैलालीको टीकापुर र धनगढीको सेहरीमा छात्रावासको समेत व्यवस्था गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?