जापानमा कोरोनाबाट एक महिनामा १० हजार बढीको मृत्यु

जापानमा कोरोनाबाट एक महिनामा १० हजार बढीको मृत्यु
+
-

एजेन्सी – जापानमा पछिल्लाे समय काेराेना भाइरस तीब्र रुपमा फैलिएकाे छ।

जापानी सञ्चार माध्ययमका अनुसार त्यहाँ कोरोना संक्रमणका कारण एकै महिनामा १० हजार बढीको मृत्यु भएको छ।

शनिबार देशभर कोभिडका कारण २५२ जनाको मृत्यु भएको छ। योसँगै कोभिडका कारण जनवरी महिनामा १० हजारभन्दा बढीको मृत्यु भएको हो।

प्रान्त सरकारहरूको विवरणअनुसार जनवरीको २८ तारिक शनिबारसम्म यो महिनामा १० हजार १२४ जना बिरामीको मृत्यु भएको जापान टाइम्समा उल्लेख छ।

केही महिना अघिदेखि कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या बढेको हो। एकै महिमामा १० हजार बढीको मृत्यु भएको यो पहिलो पटक हो।

डिसेम्बरमा महिनामा ७ हजार ६०० जनाको मृत्यु भएको थियो। जनवरीको अन्तिम साता भने दैनिक रूपमा थपिने नयाँ संक्रमितको संख्या केही घटेको छ।

जापानले मे महिनादेखि कोरोनाको संक्रमणको स्तरलाई घटाएर मौसमी रुघाखोकीको स्तरमा राख्ने भएको छ।

त्यहाँका सञ्चार माध्ययमका अनुसार काेराेनाका कारण
अधिकांश विद्यालयहरूमा यतिबेला अनलाइन ‘क्लाश’ भइरहेकाे छ। यसका साथै, त्यहाँ भीडभाड कम गर्न सरकारकाे आदेश छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष