
सुर्खेत-दुई मिर्गौला बिग्रिएर उपचारको क्रममा रहेकी दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छन्।
विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारी काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको उनका भाइ दुर्गराज अधिकारीले जानकारी दिए।
‘मुुमा अथवा बुबाको मिर्गाैला म्याचिङ हुन्छ हुँदैन थाहा छैन’, उनकी श्रीमती गीता अधिकारीले भनिन्, ‘यदि उहाँको भएन भने म पनि दिन तयार छु। तर, उपचारका लागि पैसा छैन।’
उनले मिर्गौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन्।
मिर्गाैलामा विगत तीन वर्षदेखि समस्या आएसँगै उपचारका लागि भारतको लखनउमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन रकम अभाव भएको हो।
२५ वर्षीय अधिकारीको दुवै मिर्गौला खराब भई उपचारमा अार्थिक समस्या भएर जीवन सङ्घर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि मानवताको नाताले आफूले सक्दो सहयोग गरिदिन अपिल गरेका हुन्। सहयोग गर्न चाहनेहरुलाई उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गरिदिनुहुन श्रीमती गीताले अनुरोध गरेकी छन्। अंकल भवानी अधिकाीको नाममा वाणिज्य बैक दैलेख शाखाको २०२४९ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने गीताले जानकारी दिएकी छन्।