अध्यक्ष चन्दको राजीनामा मागेपछि क्यानको बैठक सुरु हुनै सकेन

अध्यक्ष चन्दको राजीनामा मागेपछि क्यानको बैठक सुरु हुनै सकेन
+
-

पोखरा – सात जना केन्द्रीय सदस्यले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेपछि पोखरामा हुने भनिएको बैठक सुरु नहुँदै स्थगित भएको छ। स्रोतका अनुसार औपचारिक रुपमा बैठक सुरु नहुँदै ऋषिराम गौतम नेतृत्वको टोलीले अध्यक्ष चन्दको राजीनामा मागेका हुन्।

मंगलबार पोखराको ड्यामसाइडस्थित होटल एलो प्यागोडामा क्यानको बैठक बस्ने तयारीमा थियो। अनौपचारिक छलफल चल्दै गर्दा ऋषिराम गौतमसँगै छुम्बी लामा, करण महतारा क्षेत्री, दाउद अन्सारी, अमितवीर पाण्डे, धर्मराज गिरी र सञ्जयराज सिंहले अध्यक्ष चन्दको राजीनामा माग्दै बैठकमा सहभागी नहुने घोषणा गरेपछि बैठक स्थगित भएको हो।

अध्यक्ष चन्दले हालै सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा गल्ती भएको स्वीकारेपछि राजीनामा दिएर क्यानलाई मार्गप्रशस्त गर्नुपर्ने असन्तुष्ट पक्षका केन्द्रीय सदस्य छुम्बी लामाले बताए।

राजीनामा माग्नुको मुख्य कारण नेपाल टी–२० लिग भएको उनको प्रष्टोक्ति छ। ‘हामी ७ जनाले बारम्बार यो प्रकृया, सम्झौता, कम्पनीको बारेमा अवगत गराउँदा गराउँदै पनि कार्यसम्पादन भन्ने समिति क्रिकेट संघभित्र छ के! त्यहाँ चाहिँ ५ जना सदस्यहरु हुन्छ अध्यक्षसहित। उहाँहरुको अदुरदर्शी, अपरिपक्व कारणले गर्दाखेरी आज यो अवस्थामा पुग्यो’, उनले भने।

उनले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरुको बेइजत भएको गुनासो गरे। ‘खेलाडीहरु विदेशमा भाग्नुपर्ने। खेलाडीहरुमा त्रास छ। आइसिसीको एन्टी क्रप्सन आएर यहाँ छानबिन गर्नुपर्ने। यी सबै कुराले नेपाली क्रिकेट दुःखद् अवस्थामा पुगेको छ’, उनले भने।

अध्यक्षले पत्रकार सम्मलेन गरेर गल्ती भयो भनेपछि राजीनामा दिनुपर्ने असन्तुष्ट समूहको अडान छ। ‘राजीनामा दिएर मार्गप्रशस्त गरेर, जसले गल्ती गर्‍यो त्यो भागीदार हुनपर्‍यो। संस्थाको सबै मेम्बर त भागीदार हुन सक्दैन्’, लामाले भने।

अध्यक्ष चन्दले बैठक स्थगित भएको स्वीकारे। उनले आफ्नो राजीनामा माग भएको पनि स्वीकारेका छन्। ‘उहाँहरुको सुझाव पनि थियो राजीनामा दिनुस् भन्ने। छलफल हुँदैछ’, उनले भने।

अध्यक्ष चन्दले ४ बजेपछि बैठक बस्ने जानकारी दिए। तर, असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने जनाएको छ। उक्त समूहले ५ बजे पोखरामा पत्रकार सम्मेलन गर्दैछ।

बैठकमा सहभागी हुन क्यानका पदाधिकारी र केन्द्रीय सदस्य गरेर १६ जना सोमबार पोखरा आएका थिए। पोखरा बैठकमा विभिन्न १७ बुँदामा छलफल गर्ने तयारी थियो।

पूर्वकप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवा, राष्ट्रिय पुरुष तथा महिला खेलाडीहरुको सन् २०२३ का लागि करार, आईसीसी क्रिकेट विश्वकप यू–१९ एसिया छनोट, एसीसी प्रिमियर कप काठमाडौँमा अप्रिलमा हुने प्रतियोगितालगायतका विषय छलफल गर्ने एजेन्डामा समावेश थिए।

बोर्ड बैठकका लागि पोखरा आएका क्यानका पदाधिकारीहरुले पोखरा रंगशालामा रहेको पोखरा क्रिकेट मैदानमा निरीक्षणसमेत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?