आँखाको नानीदान र संकलनमा थप एक कदम

आँखाको नानी संकलनको लागि तिलगंगा र गंगालालबिच सम्झौता

आँखाको नानी संकलनको लागि तिलगंगा र गंगालालबिच सम्झौता
+
-

काठमाडौँ– शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र र तिलगंगाा आँखा प्रतिष्ठानबिच आँखाको नानीसंकलन केन्द्र सञ्चालन सम्बन्धी सम्झौता भएको छ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्ग र शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माबिच सम्झौतापत्र आदानप्रदान भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.दिपेन्द्र रमण सिहंले यो कदमको प्रशंसा गरेका छन्। उनले दृष्टि बिहीनलाई दृष्टि दिने काममा स्वास्थ्य मन्त्रालयको तर्फबाट सहयोग गर्न तत्पर रहेका बताए।

कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रिता गुरुङ्गका अनुसार, ‘आँखाको नानीदान र संकलनमा यसलाई एक थप अग्रगामी कदमको रुपमा हामीले लिएका छौं । धेरै प्रयास पछि शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्दसँग सहकार्य गर्न पायौँ ।’

आँखादान सम्बन्धी परामर्श तथा आँखाको नानी संकलन केन्द्र देशव्यापी रुपमा धेरै बढाउन सक्यौ भने आँखाको नानीबाट दृष्टि बिहीन भएर बस्नुपरेकाको लागि दृष्टि फकार्उन सकिन्छ ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले नानी संकलन केन्द्र नेपालभरि भएमा दृष्टि गुमाएकाहरुलाई सहयोग पुग्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?