
अ
+
अ
अ
-
धनगढी- चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा प्रदेश ७ को राजधानी धनगढीमा पनि प्रदर्शन गरिएको छ ।
डा.केसीको जीवन रक्षाका लागि सरकारले ठोस कदम नचालेको भन्दै शनिबार धनगढीको एलएन चौकमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक, सर्वसाधारण लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध ब्यक्ति सहभागी थिए ।
सहभागिहरुले नागरिक आवाज दवाउन पाईदैन, माफियामुखी चिकित्सा ऐन चाहिदैन लेखिएका व्यानर तथा प्ले कार्ड बोकेका थिए ।