स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या

स्वास्थ्यचौकी नबन्दा सेवा प्रवाहमा समस्या
+
-

ढोरपाटन – भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो। २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा लियो तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन।

भवन समयमै सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या आएको छ। बागलुङ नगरपालिका- १० भकुण्डेमा रहेको स्वास्थ्यचौकी अहिले वर्षौँ पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ। ठेकेदार कम्पनीले समयमै काम गरेको भए २०७४ वैशाखमै सकिने थियो।

लामो समय निर्माण कम्पनी बेखबर हुँदा सेवाग्राहीले सहजरुपमा सेवा पाउन सकेका छैनन्। भवन सम्पन्न गर्नका लागि पटक-पटक म्याद थप गरे पनि अहिलेसम्म काम पूरा हुन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताए। निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको छ।

कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको इन्जिनियर बास्ताकोटीले बताए। ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भने नभएको उनको भनाइ छ।

इन्जिनियर बास्ताकोटी भन्छन्,’यतिका समय भयो काम सम्पन्न हुन सकेन, अब १० प्रतिशत मात्रै काम गर्न बाँकी छ, त्यति काम पनि निर्माण कम्पनीले गरेको छैन, धेरै काम सकिएको छ, अब शौचालयमा झ्याल ढोका बनाउन बाँकी छ, अब यही कम्पनीलाई काम सक्न ताकेता गर्ने की अर्कोलाई दिने केही दिनमा निर्क्याैल हुन्छ।’

स्थानीयले भवन निर्माणमा राम्रो सहयोग गरेपनि निर्माण व्यवसायी काम सक्न अटेरी गरी रहेको छ। इन्जिनियर बास्ताकोटीका अनुसार भवन एक करोड ७० लाख ४८ हजार रुपैयाँमा निर्माण थालिएको थियो। हालसम्म ८० प्रतिशत भुक्तानीसमेत लगि सकेको उनी बताउँछन्।

स्वास्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाटै सेवा प्रवाह गर्नु परेको गुनासो पोखे। साँघुरो भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको सर्बुजा बताउँछन्। एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्ने लगायतका काम गर्नु पर्दा सेवा छिटो र छरितो बन्न नसकेको उनको भनाइ छ।

‘पुरानो भवनमा पर्याप्त कोठाहरु छैनन्, एकै पटक धेरै बिरामीहरु आए भने कहाँ जाँच गर्ने?, कहाँ खोप लगाउने?, कहाँ प्रसुति गराउने भन्ने समस्या हुन्छ, यो सबै समस्या ठेकेदारले ढिला सुस्ती गर्दा हो,’ स्वास्थ्य चौकी प्रमुख सर्बुजाले भने, ‘बिरामीहरु उपचारका लागि आउनुहुन्छ, लाइनमा बस्नु पर्ने, धेरै बेर पर्खनु पर्ने अवस्था छ, भवन अभावकै कारण विश्राम गर्ने उपयुक्त ठाउँसमेत छैन।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष