पूर्वराजालाई भेटेपछि कमल थापाले भने, हिन्दू राष्ट्र र राजसंस्थाका लागि सडक तताउँछौं

पूर्वराजालाई भेटेपछि कमल थापाले भने, हिन्दू राष्ट्र र राजसंस्थाका लागि सडक तताउँछौं
+
-

बाँके–राप्रपाका अध्यक्ष कमल थापाले नेपालगञ्जमा आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले भेट्ने इच्छा गरेको सूचना पाउनासाथ नेपालगञ्ज आइपुगेका थापाले यहाँस्थित सोल्टी होटलमा करिब डेढ घन्टा भेटघाट गरे।

शिष्टाचार भेटमा पूर्वराजा ज्ञानेन्द्रले देशको परिस्थिति र राप्रपाको आगामी रणनीति÷कार्यक्रमबारे सोधेका थिए। ‘पूर्वराजाको दुई साता लामो पश्चिम बसाइ होटल उद्घाटनदेखि धार्मिक भ्रमणमा केन्द्रित रहेको पाएँ,’ थापाले भने, ‘म पनि नेपालगञ्ज आएको र राजा पनि यतै रहेको थाहा पाएपछि म भेट्न गएको हुँ ।’

अध्यक्ष थापाले पूर्वराजासँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै हिन्दु राष्ट्र र राजसंस्थाका लागि अब सडकबाट सशक्त आन्दोलन गर्ने बताए। ‘जनताले राप्रपालाई सडकबाट आन्दोलन गरेको हेर्न चाहेका छन्,’ थापाले भने, ‘हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा संसदमा कमजोर भएको छ। सडकमा सशक्त बनाउँछौं।’

हिन्दु राष्ट्रको नारालाई तपाईँले पटकपटक सत्तासँग साटेकाले तपाईँको पार्टीले गएको चुनावमा हार व्यहोरेको हो भन्ने प्रश्नमा अध्यक्ष थापाले भने, ‘हाम्रो ग्रहदशा बिग्रेको जस्तो लाग्छ। हिन्दुको बाहुल्य रहेको देशमा हिन्दु राष्ट्रको नारा बोक्ने पार्टीले तीन प्रतिशत ल्याउन सकेन। यो हामीले परिकल्पनासम्म गरेका थिएनौं।’

उपप्रधान एवं उर्जामन्त्रीसमेत रहेका थापाले अध्यादेशको गाँठो फुकेकाले छिट्टै नयाँ सरकार गठन हुने बताए। ‘अब कुनै अवरोध छैन, विधि र प्रक्रिया पुर्‍याएर नयाँ सरकार गठन हुन्छ,’ थापाले भने, ‘हामी नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं ।’

थापाले नेपालगञ्ज आएको मौकामा अगुवा कार्यकर्तालाई समेत सम्बोधन गरेका छन्। पार्टीको नीति र मार्गचित्र उपयुक्त रहे पनि चुनावी परिणाम आफ्नो पक्षमा आउन नसकेको थापाले बताएका थिए। ‘हाम्रा नीति र मार्गचित्र अझै उपयुक्त छन्, चुनावको परिणामले हामी विचलित भइसकेका छैनौँ,’ थापाले भने।

थापाले प्रदेश र प्रतिनिधि सभाको चुनावसँगै अब देशमा शान्ति र स्थायित्व हुने, प्रजातन्त्र सुदृढ हुने, देशको ध्यान आर्थिक विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरे।

एक दिनको लागि नेपालगञ्ज आइपुगेका थापाले पुराना नेता इकराल इराकीलाई अस्पतालमै गएर भेट्नुका साथै बागेश्वरी मन्दिरमा पूजा गरेका थिए।

पूर्वराजा भने सोल्टी होटलबाट बाहिर निस्किएका छैनन्। १५ दिने भ्रमणमा आउनु भएका पूर्वराजा ज्ञानेन्द्र २० गतेपछि बाहिर निस्किने स्रोतले बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?