सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित

सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
+
-

काठमाडौं- सरकारसँग ६ बुँदे सहमति भएसँगै नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने निर्णय फिर्ता लिएको छ।

आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्षबीचको छलफलमा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो।

घटनामा संलग्न सम्बन्धित सुरक्षाकर्मीलाई  निलम्बन गरिसकिएकोले एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो।  वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको प्रतिनिधिहरू उपस्थित थिए।

चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्कीले गरेका थिए भने सो टोलीमा महासचिव डा. बद्री रिजाल, डा. रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरूको सहभागिता थियो।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो।

संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?