
काठमाडौँ- सरकारसँग ६ बुँदे सहमति भएसँगै नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने निर्णय फिर्ता लिएको छ।
आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्षबीचको छलफलमा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको हो।
घटनामा संलग्न सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरिसकिएकोले एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्न सहमति भएको छ।
त्यस्तै, घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने सहमति भएको छ भने ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जन सम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ताभित्रमा सुझाव पेश गर्ने सहमति भएकाे छ। नेपाल सरकारले उक्त सुझावलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ।
त्यस्तै, नेपाल चिकित्सक संघले अगाडि सारेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ-आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने सहमति भएको छ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएका थियो।
सहमति: