‘विराटनगर महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’

‘विराटनगर महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’
+
-

मोरङ – विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मेयर नागेश कोइरालाले बताएका छन्।

महानगरले वडा नम्बर १८ बाट सुरु गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा मेयर कोइरालाले जनताको स्वास्थ्यप्रति महानगर गम्भीर र सचेत रहँदै सबै वडामा शिविर सेवा पु–याउने जानकारी दिए।

महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गर्दै मेयर कोइरालाले महानगरले सबैको सहजताका लागि घर आँगनमै पुगेर स्वास्थ्य परीक्षण अघि बढाएको बताए।

शिविरमा फिजिसियन, शल्यक्रिया, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, ईसीजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, मधुमेह, क्षयरोगका बिरामीहरूको खोजलगायतका सेवाहरू प्रवाह गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।

विराट शिक्षण मेडिकल कलेज, नोवेल शिक्षण मेडिकल कलेज,कोशी अस्पताल र नाटाको प्राविधिक सहयोगमा सञ्चालित १८ नम्बर वडाको शिविरमा ३ सय १९ जनाले सेवा लिएको अलीले बताए।

जसमध्ये ९८ जना पुरुष र २२१ जना महिलाले स्वास्थ्य सेवा लिएका थिए। महानगरको स्वास्थ्य महाशाखा प्रमुख अलीका अनुसार शिविरमा सबैभन्दा बढी छाला तथा स्त्रीरोगको समस्या भएका बिरामी सहभागी थिए।

उनका अनुसार स्वास्थ्य समस्या देखिएकाहरूको कोशी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । त्यस्तै आइतबार नै महानगरले वडा नम्बर ६ मा सुनौला हजार दिनका आमाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

त्यसैगरी परिवार नियोजनको कार्यालयमा स्वास्थ्य संस्थाहरूको न्यूनतम सेवा मापदण्डको बारेमा वडाध्यक्षहरूसहित १९ वटै वडा स्वास्थ्य संस्थाका प्रमुखहरूका लागि समेत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको अलीले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष