
काठमाडौँ – नेकपा एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २-४ सम्म संघीय राजधानी काठमाडौँमा हुँदैछ।
०७२ साल फागुनपछि अहिलेसम्म हुन नसकेको अनेरास्ववियुमा महाधिवेशन आज र भोलि हुने भएको हो।
अनेरास्ववियुको विधान अनुसार हरेक २ वर्षमा महाधिवेशन हुनुपर्ने भए पनि भएन। ०७४ सालमा स्थानीय र संघीय निर्वाचनको कारण समयमा नै महाधिवेश हुन सकेन।
तत्कालीन अध्यक्ष नविना लामा समानुपातिकतर्फ संसद भइन्। त्यसपछि अहिलेसम्म अखिलमा अधिवेशन हुन् सकेको छैन।
निर्वाचन पश्चात एमाले माओवादीबीच एकता भयो। अनेरास्ववियु एमालेको भागमा पर्यो। एमालेबाट तत्कालीन महासचिव ऐन महरालाई अखिलको संयोजक र माओवादीबाट रंजित तामाङलाई सहसंयोजक बनायो। तर उक्त कमिटीले काम गरेन। केन्द्रीय राजनीतिको छायाँमा अखिल पर्यो।
नेकपाको फुटपछि एमालेले सुनिता बराललाई अध्यक्ष बनायो। अहिले बरालपनि समानुपातिक संसद भएपछि अखिलले महाधिवेशन गर्न लागेको छ।
को को हुन् आकांक्षी?
अध्यक्षको लागि तयारी गरिरहेकाहरुमा आरसी लामिछाने, वाङछु योञ्जन, लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक र समिक बडाल छन्।
आरसी लामिछाने वर्तमान कमिटिका वरिष्ठ उपाध्यक्ष हुन् भने वाङछु योञ्जन लोकेश निरौला, झपिन्द्र खत्री, उमेश आचार्य, मोति विक वर्तमान कमिटिका उपाध्यक्षहरु छन्। कमिटिका महासचिव समिक बडालले समेत अध्यक्षको लागि तयारी गरिरहेका छन्।
चार उपाध्यक्षको लागि वर्तमान कमिटिका पदाधिकारीहरु गोविन्द गिरी, तपेन्द्र शाही, एल बि सिंह, मर्यादा बिष्ट, डम्बर अधिकारी, जेनिस लामा र रामशरण चौधरीले तयारी गरिरहेका छन्।
एक महासचिव लागि सुदर्शन सिवाकोटी धर्म गिरी, भाष्कर खनाल, नरेश रोकाया, नारायण घर्तीले तयारी गरिरहेका छन्। सबैभन्दा प्रतिस्पर्धा सचिवमा देखिन्छ । १० (७ खुल्ला जसमा ३ महिला अनिवार्य) संख्यामा वर्तमान कमिटीका स्थायी कमिटी सदस्यहरु तथा सचिवालय सदस्यहरु धेरैको रोजाइ सचिवमा देखिन्छ।