
धनगढी- सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले एक वर्षभित्र धनगढी विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु गरिने घोषणा गरेका छन।
धनगढीमा आईतवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले त्यसको प्रक्रिया स्वरुप जग्गा अधिग्रहणको कार्य सम्पन्न गरिसकेको र गुरुयोजना बनाईरहेको दावी गरे।
नेपालले केही समयअघि महेन्द्रनगरबाट समेत हवाई रुट पाएको बताउदै मन्त्रीले त्यसले पनि धनगढी विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्न सहज हुने बताए।
सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री अधिकारीले धनगढी विमानस्थलबाट अन्तराष्ट्रिय उडानसगै पहाडी जिल्लामा समेत उडान सुरु गर्ने तयारी गरिएको जानकारी दिए।
प्रदेश ७ का पहाडी जिल्लामा रहेका विमानस्थल हाल गौचरणमा परिणत भएको भन्दै मन्त्री अधिकारीले ति विमानस्थलमा पनि छ देखि आठ महिनामा सेवा सुचारु गर्ने दावी गरे। त्यसका लागि नयाँ जहाज ल्याउने प्रक्रिया समेत मन्त्रालयले सुरु गरिसकेको अधिकारीले जानकारी दिए।
सरकारी स्तरबाट पहल नहुनु, गुरुयोजना नबन्नु, पूर्वाधार अभाव लगायतका कारण प्रदेश ७ मा पर्यटनको पचुर सम्भावन हुदा हुदै पनि विकाश हुन नसकेको मन्त्री अधिकारीले स्वृकार गरे।
अव प्रदेशमा प्रर्यटन प्रर्वद्धन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै पर्यटन कार्यालय समेत स्थापना गर्ने प्रतिवद्धता जनाए।
साथै उनले प्रदेश ७ मा पर्यटन विकाशका लागि नेपाल र भारतका पर्यटनकर्मीको अन्तराष्ट्रिय सम्मेलन समेत आयोजना गरिने जानकारी दिए।
विविध चुनौतिका माझ पनि वर्तमान सरकार सम्वृद नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन लागि परेको उनको भनाई थियो।अझै पनि अस्थिरता चाहनेले सरकारको काममा बाधा गरिरहेको आरोप लगाउदै मन्त्री अधिकारीले अस्थिरता, अव्यवस्था र सङक्रमण कालको अन्त्य गर्दै देशलाई विकाश र सम्बृदिको बाटोमा वर्तमान सरकारले लिनेमा शका नगर्न पनि आग्रह गरेका छन्।