अन्य १० जनालाई नियन्त्रणमा लिई छानबिन जारी

प्रहरीको गाडी आगजनी र गोंगबु लुटपाटमा संलग्न ९ जना पक्राउ

प्रहरीको गाडी आगजनी र गोंगबु लुटपाटमा संलग्न ९ जना पक्राउ
+
-

काठमाडौँ- गोंगबुस्थित लोत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट र प्रहरीको भ्यानमा आगजनी गर्ने ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार मोबाइल पसल लुटपाट र आगजनीमा संलग्नमध्ये ९ जनालाई पक्राउ गरिएको हो। उनका अनुसार सामाजिक सञ्जालका फुटेजहरुका आधारमा छानबिनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो।

उनका अनुसार ५ जना प्रहरीको गाडी जलाउने काममा संलग्न छन् भने चार जना मोबाइल पसल लुटमा संलग्न रहेका छन्।

प्रर्दशनका क्रममा प्रहरी वृत्त बालाजुबाट सुरक्षामा खटिएका प्रहरी बोकेका बा २ झ १४४ नम्बरको स्करपियो गाडी र बा १ झ ७२२४ नम्बरको माज्दा गाडी जलाइएको थियो।

प्रदर्शनकारीले माछापोखरी प्रहरी बिटमा समेत ढुङ्गामुढा र आगजनी गरेका थिए। त्यसक्रममा बिटभित्रको हाइटेरा ह्याण्ड सेट चार्जर २ थान र त्यसको दुई थान ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा संलग्नहरूको विभिन्न भिडिओको आधारमा खोजी गर्दा मंगलबार बालाजु माछापोखरीबाट पाँचजना समातिएका हुन्।

पक्राउ पर्नेमा उदयपुरको बलम्ता गाउँपालिका २ घर भई तार्केश्वर नगरपालिका १०, मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घर भई टोखा नगरपालिका ३ बानियाटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङको बेँसीसहर नगरपालिका ५ घर भई तार्केश्वर नगरपालिका १० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन्।

त्यसै काभ्रेपलान्चोकको मानेडाँडा घर भई हाल ठमेल बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठानको कडी गाउँपालिका १ घर भई गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका १६ गंगाहल बस्ने २० वर्षीय आशीष खड्का रहेका छन्।

उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थपिएको परिसरका प्रहरी प्रमुख दान बहादुर कार।कीले बताएका छन्।

उनका अनुसार उनीहरुसँगै १० जना अन्य व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ र छानबिन भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?