बुटवलले यसरी मनायो ६४औं स्थापना दिवस (तस्बिरसहित)

बुटवलले यसरी मनायो ६४औं स्थापना दिवस (तस्बिरसहित)
+
-

बुटवल – बुटवल उपमहानगरपालिकाले ६४औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसर पारेर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्ति र उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ।

बुधबार आयोजित स्थापना दिवस कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएकाले सुधार गर्नेतर्फ लाग्नुपर्ने बताए।

उनले संघ, प्रदेश र स्थानीय सरकारबीचमा सहकार्य गरी अर्थतन्त्रलाई उकास्न प्रयत्न गर्नुपर्नेमा जोड दिए। ‘मुलुक श्रीलंकाको बाटोमा जाने त हैन भन्ने आमचासो र चिन्ता देखिन्छ,’ उनले भने, ‘यस्तो अवस्था मुलुकमा आउन नदिन हामी सबै राजनीतिक दल, जनप्रतिनिधि र उद्योगी व्यवसायीले समेत सामूहिक प्रयास गर्नुपर्ने देखिन्छ।’

उनले जनप्रतिनिधि सुविधाभोगी हुन नहुने भन्दै मुलुक र जनताको सेवामा प्रतिबद्ध रही भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताए। उनले संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा सहर बनाउने योजनासाथ अगाडि बढेको बताए। उनले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर बुटवललाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेको बताए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बुटवलले देशमै अगुवाई गरिरहेको बताउँदै अझै अग्रणी सहरका रुपमा स्थापित हुनेतर्फ अग्रसर रहेको बताए।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई साझा सहरका रूपमा स्थापित गर्ने गरी योजना अगाडि सारेको र सबैको साथ जरुरी रहेको बताइन्।

कार्यक्रममा निवर्तमान नगर प्रमुख शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवी आचार्य, एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसाल, नेपाली कांग्रेस बुटवल नगर उपसभापति ज्योति भण्डारी, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चिनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुलगायतले बुटवललाई समृद्ध बनाउने सपना पूरा गर्ने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताए।

स्थापना दिवसको अवसरमा पर्यटन प्रवद्र्धन पुरस्कार, विपद सचेतना पुरस्कार, उत्कृष्ट टोल विकास संस्था र उपभोक्ता समितिलगायतलाई पुरस्कृत गरिएको थियो। यस्तै, उत्कृष्ट कर्मचारी महाशाखा प्रमुख मित्रमणि खनाल, तुलसा अर्याल, कर्मचारी रामप्रसाद अर्याल, संगीता अर्याल, गुनाकर खनाल, रुक्मांगत बस्याल, गंगाधर सापकोटा, कमला भुसाल, गोविन्द पंगेनी, प्रसान्त भट्टराई, टंक आचार्य, सुजाता पन्थी, मीन खनाल, मनिसा रोकाया, हरिकला बेल्बासे, कमल पुरी, विरबहादुर थापालगायत २५ जनालाई सम्मान गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ।

उपमहानगरपालिकाले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीबीच भलिबल, टेबुलटेनिस, घैटोफोरलगायत कार्यक्रम गरेको थियो।

 

मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व

तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे। शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८, २०३३–२०३६), हरिबहादुर सिंह (२०२८), सूर्यलाल (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च भए।

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगर प्रमुख भए। सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरे। माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो।

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए। नेपालको संविधान कार्यान्वयन भएपछिको दोश्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका थिए

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?