सांसद् भण्डारीलाई थप उपचारका लागि ‘एयर एम्बुलेन्स’मार्फत् मुम्बई लगिँदै

सांसद् भण्डारीलाई थप उपचारका लागि ‘एयर एम्बुलेन्स’मार्फत् मुम्बई लगिँदै
+
-

काठमाडौँ – बुधबार राति खाना पकाउने ग्यास (एलपिजी) सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै छ।

श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् आज दिउँसो २ बजे भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिए।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि मुम्बईमा लैजान लागिएको हो। हिजो राति घाइते भएका नेता भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरेको हो।

निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीकी आमा हरिकला भण्डारी पनि घाइते भएका थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ।

नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५-३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?