
अल तमाना- सरकारको नियन्त्रण भन्दा बाहिर रहेको सिरियाको एउटा प्रान्तमा भएको आक्रमणमा परी दर्जनौको मृत्यु भएको छ ।
इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने ठाँउमा सरकारी सुरक्षाकर्मीहरु र जिहादी लडाकूबीचमा शुक्रबार भिडन्त भएको थियो ।
अल तामाना क्षेत्रमा अहिले पनि भईरहेको भिडन्तमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले जनाएको छ ।
मारिएका मध्ये कम्तीमा २१ जना आमनागरिक रहेका घटनास्थलको अनुगमन गरिरहेका बेलायत आधारित मानव अधिकारीवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताए।
ती सर्वसाधारण सरकारको समर्थन गर्दै आएको रसियाआवद्ध युद्धकविमानको आक्रमणमा मारिएका हुन् ।
यस आक्रमणमा परी २७ सैनिक अन्य २० जना अल कायदाआवद्ध फतेह अल सामका लडाकूहरु मारिएका अब्जरभेटरीले जानकारी दिएको छ ।
अब्जरभेटरीका प्रमुखका रामीकाअनुसार गएको सोमबारदेखि यता मात्रै ४२ सर्वसाधारण र ९० लडाकूको सरकारआवद्ध कारबाहीमा मारिएका छन्।
यो पनि हेर्नुहोस्:
काबुलको एक सांस्कृतिक केन्द्रमा भीषण आक्रमण हुँदा ४० को मृत्यु