बिहान र साँझ मात्रै चिरचिर गर्ने चिरकालिज लोप हुने अवस्थामा

बिहान र साँझ मात्रै चिरचिर गर्ने चिरकालिज लोप हुने अवस्थामा
+
-

बेनी- दुर्लभ मानिने चिरकालिज उचित वातावरणको अभाबका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एकवर्ष लगाएर जिल्लाका विभिन्न ठाउँमा पुगेर गरेको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएको हो ।

नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उनले लामो समय लगाएर चिरकालिजको अवस्था, वासस्थान, संख्या र लोप हुनाको कारणबारे अनुसन्धान गरेका हुन् । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पंक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु चराको नामले चिनिन्छ ।

साइटिस घोषणापत्र र आइयुसियन अन्तर्राष्ट्रिय संस्थाको ‘आइ’ सूचीमा राखिएको यो पक्षी नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पक्षीको सूचीमा सूचीकृत छ । नेपालमा यो पक्षी समुद्री सतहबाट एक हजार ४०० मिटरदेखि ३६ सय मिटरसम्मको भू–भागमा पाइने अनुसन्धानकर्ता चोखालले बताए । नेपालमा करिब एक हजारको संख्यामा रहेको यो पक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटासम्म भएको अनुमान गरिएको छ ।

नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने यो चरा झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र चिरकालिजमा धेरै भिन्नता रहेको उनको भनाइ थियो । यो कालिजको भालेको पुच्छर लामो, आँखाको रङ रातो, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै फुल पार्ने र बच्चा कोरल्ने गरेको अनुसन्धानकर्ता चोखालले बताए ।

बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुई पटक मात्र चिरचिर गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो । उनका अनुसार यो पक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरबारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ ।

भिरमा नै बासस्थान बनाउने यो पक्षीले एक पटकमा सात देखि १५ वटासम्म फुल पार्ने गर्दछ । चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर म्याग्दी, बागलुङ र मध्य तथा सुदूरपश्चिम क्षेत्रमा पाइने अनुसन्धानबाट खुल्न आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?