एक्लिँदै गएका जितुले पाए पुरानै साथी दमन

एक्लिँदै गएका जितुले पाए पुरानै साथी दमन
+
-

काठमाडौँ – कुनै समय हास्यकलाकार दमन रूपाखेती र जितु नेपाल निकै घनिष्ठ मित्र थिए। एउटै घरको दाजुभाइजस्तो भएर काम गर्थे। हरेक प्रहसनमा उनीहरू सँगसँगै प्रस्तुति दिन्थे। जब १७ वर्षअघि उनीहरूको दोस्ती टुट्यो, तब एक्लाएक्लै काम गर्न थाले।

हास्यव्यंग्य क्षेत्रमा सक्रिय दुवै कलाकारको सम्बन्धलाई लिएर चर्चा पनि भइरहन्छ। ‘जिरे खुर्सानी’मार्फत सानो पर्दामा चर्चित यो जोडीका कार्यक्रम निकै रुचाइन्थे। दर्शकबाट ‘जुनियर मह जोडी’ भनेर उपनाम पाएका उनीहरू ‘जिरे खुर्सानी’बाटै लोकप्रिय बनेका थिए। तर, यस जोडीबीच लामो समय सहकार्य हुन सकेको थिएन।

उनीहरूको बिग्रिएको सम्बन्धलाई लिएर बजारमा विविध ‘गसिप’ पनि हुने गरेको थियो। पछिल्लो समय केही कार्यक्रममा एकसाथ देखिए पनि पहिलेजस्तो जोडीका रूपमा भने पर्दामा आएका थिएनन्। ‘हाम्रो जोडीमा भाइरस लाग्यो त्यही भाइरसले हाम्रो दोस्ती खाइदियो’, कुनै समय दमन रुपाखेती भन्थे।

जितु र दमनको सम्बन्ध टुटेपछि एकअर्का खुलेर बोल्दैनथे। उनीहरूको चिसो सम्बन्ध १७ वर्षपछि सुध्रिएको छ। मंगलबार ‘मुन्द्रेको कमेडी क्लब’को प्रेस–मिटमा अभिनेता जितु निकै उत्साहसाथ बोले, ‘मुन्द्रेको कमेडी क्लबमार्फत मैले फेरि मेरा पुराना साथी दमन रुपाखेती पाएको छु।’

नेपाली हास्य क्षेत्रमा थुप्रै कलाकार जन्माएको दमन–जितुसँगको सम्बन्ध सुध्रिनुमा यस्तो कारण सुनाउँछन्, ‘कहिले पो कहाँ बिग्रिएको थियो र, काम मात्रै एक्लाएक्लै गरेका थियौं,त्यत्ति हो।’

जितु एक्लिएको अवस्थामा दमन रूपाखेती दरिलो साथ दिन पुगेका छन्। आखिर संघर्षको साथीजस्तो त सफलताको साथी कहाँ हुन्थ्यो र भन्ने भान जितुलाई परेकै होला।

जितुलाई परिवेशअनुसार ढल्किन सक्ने व्यक्तिका रूपमा चिन्दै आएका दमन लामो समय हास्य सिरियल ‘लौ न सतायो’, ‘जे होला–होला’, लाष्टाँ त्यै’, ‘सरी ल’, लोग्ने–स्वास्नीजस्ता थुप्रै काम गर्दै आए दमन। तर, जितु भने दीपक–दीपाको साथमा लय मिलाए र गतिलो फड्को मार्न सफल भए।

तीन दशकअघि ‘हिजो आजका कुरा’ बाट अभिनय यात्रा सुरु गरेका जितु–दमनबीच साथ छुटेपछि जितुले दीपकराज गिरी र दीपाश्री निरौलाको साथ पाए। गिरी र निरौलाको समूहले निर्माण गरेको ‘छ एकान छ’ देखि ‘छक्कापञ्जा’ शृंखला हुँदै ‘छ माया छपक्कै’ सम्मका फिल्ममा जितु नेपाल उर्फ मुन्द्रे कलाकार तथा कार्यकारी निर्माताका रूपमा जोडिएका थिए।

दीपक–दीपाको साथ र हौसलाले जितुले ‘मुन्द्रेको कमेडी क्लब’लाई सञ्चालन गरे। पहिलो सिजनमा अध्यक्षका रुपमा दीपाश्रीसँग सहकार्य गरे डेढ वर्षअघि दीपाश्रीको ठाउँ अभिनेत्री करिश्मा मानन्धरले लिइन्।

मुन्द्रेको कमेडी क्लबको पहिलो सिजन ७६ भागसम्म प्रशारणमा आएको थियो, जसमा दीपाश्री निरौलाले अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन्। दोस्रो सिजनमा निरौलाको ठाउँमा अभिनेत्री करिश्मा मानन्धर भित्रिएपछि ५६ भागसम्म आयो। जब जितुले दीपाश्रीलाई अध्यक्षबाट हटाए तब क्लबका अन्य कलाकारले पनि उनलाई साथ दिएनन्। सो निर्माण गरिरहेको कम्पनी ‘कि एडभट्राइजिङ’ले फूलेन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन सो घोषणा गरेपछि जितुले मुन्द्रेको कमेडी क्लबलाई बन्द नै गर्नुपर्‍यो।

‘मैले मुन्द्रेको कमेडी क्लबबाट दीपा दिदीलाई हटाएपछि उहाँहरूले हटाउनु पनि स्वाभाविक हो। परिबन्धले मैले पनि दिदीलाई हटाउन बाध्य भएँ। हटाउँदा मलाई दुःख पनि लागेको थियो। तर, के गर्नु अवस्था नै त्यस्तै थियो,’ केही समयअघि उनले यस्तो भनेका थिए।
जितुले भनेजस्तै कलाकारको तालमेल नमिल्दा जितुको कमेडी क्लब मात्र बन्द भएन, यही सोका कारण दीपक–दीपासँगको उनको लामो सहयात्रामा पनि अवरोध आयो।

‘छक्कापञ्जा’का सबै सिरिजमा देखिँदै आएका जितु पछिल्लो सिरिजमा भने अटाउन सकेनन्। सोही टिमले सञ्चालन गरेको हलमा सहकार्य गर्न पाएनन्। यति मात्र होइन, सोही टिमको गीतमा समेत अटाएनन् जितु।

‘व्यावसायिक रूपमा कार्यकारी निर्माता रहने पहिलाजस्तो अवस्था नभएकै हो’, कुनै एक कार्यक्रममा भनेका थिए, ‘म उहाँहरूको टिमसँग छुटेको भन्दा पनि स्वतन्त्र भएको हुँ। टिममा रहँदा कुनै निर्णय हुँदा फलो गर्नुपर्ने बाध्यता हुन्थ्यो। स्वतन्त्र हुँदा आफूले चाहेको व्यक्ति र समूहसँग काम गर्न सक्छु। स्वतन्त्र हुँदाखेरि केही घाटा होला। तर, सो टिम नछाडेको भए अहिले हिरो बन्न पाउँदैनथेँ होला।’

छक्कापञ्जा टिममा नअटाए पनि दीपक र दीपाश्री निरौलासँग सम्बन्ध राम्रै रहेको जितु दाबी गर्छन्।

दमन रुपाखेती दीपक–दीपासँग सम्बन्ध बिग्रिएर एक्लिएका जितु खाली बस्नु परेन। बरू, यसअघि फिल्ममा सहायक पात्र र हास्यकलाकारका रूपमा देखिँदै आएका जितु फिल्म ‘ह्यारी कि प्यारी’मा मुख्य भूमिकामा देखिए। फिल्मकै ‘हिरो’ समेत भए।

बक्स अफिसमा खासै कमाल गर्न नसके पनि जितुले आफूलाई समयअनुसार ढाल्दै लगेको नकार्न भने सकिन्न।

मुन्द्रेको कमेडी क्लबमा अध्यक्षको भूमिका निर्वाह गरेकी दीपाश्री र करिष्मा बाहिरिएपछि अहिले जितुले प्रियंका कार्कीलाई गुहारेका छन्। निर्देशनमा आफ्नै पुराना गुरु दिनेश डिसीलाई भित्र्याएका छन्।

डिसीलाई गुरु मानेर निरन्तर अभिनय यात्रा गरेका जितुले भने, ‘निर्देशकीय पक्षबाट अघिल्ला भाग केही कमजोर थिए, जसलाई सुधार्न पनि अनुभवी र गुरुलाई बोलाएका हौँ।’

दिनेश डिसीको निर्देशनमा मुन्द्रेको कमेडी क्लब निर्माण हुने भएकाले पनि आफू जोडिएको बताउँछन् दमन। भन्छन्, ‘खासमा जितुजी साथी, गुरु दिनेश डिसीको निर्देशनमा बन्ने भएपछि मैले मुन्द्रेको कमेडी क्लबमा जोडिएको हुँ।’ ०४९ सालदेखि दमन र जितुले निर्देशक डिसीसँग काम गर्दै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?