आर्मी र एपिएफलाई भलिबलको उपाधि

आर्मी  र एपिएफलाई भलिबलको उपाधि
+
-

पोखरा-पोखरामा सम्पन्न राखेप च्याम्पियनसीप अन्तर्गत ३१ औ पुरुष भलिबलको उपाधि नेपाली सेनाको आर्मी क्लबले जितेको छ भने २१ औँ महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ।

उपाधिसँगै आर्मी र एपीएफले ५०/५० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन्। दोस्रो भएका एपिएफ र महिलातर्फ मध्यमाञ्चलले नगद ३०/३० मा नगदमा चित्त बुझाए। पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाली सेनाको आर्मी क्लबले एपिएफलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा जितेको छ ।

महिलातर्फ एपिएफले मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो। प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले रमिला तण्डुकार, प्रतिभा मालीसहितका न्यू डायमण्ड एकेडेमीका खेलाडीहरुको टिम सेट रहेको मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सेटमा पराजित गर्‍यो। महिला राष्ट्रिय भलिबल टिमकी पूर्वकप्तान समेत रहेकी रमिला र प्रतिभाले पोखरामा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी र पुरुषतर्फ आयोजक पश्चिमाञ्चल तेश्रो भएका छन्। तेस्रो भएका दुबै टिमले नगद २०/२० हजार, ट्रफी र मेडल प्राप्त गरे। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चललाई सोझो सेटमा र पुरुषतर्फको खेलमा आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेका हुन्।

महिलातर्फ नेपाल प्रहरीले २५–१५, २५–२१ र २५–२१ को सेटमा पराजित गर्‍यो। पुरुषतर्फ आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को संघर्षपूर्ण जित निकाल्यो। पुरुषतर्फ आर्मीको मानबहादुर श्रेष्ठ र महिलातर्फ एपीएफको सरस्वती चौधरी उत्कृष्ट खेलाडी बन्दै नगद १०/१० हजार जित्न सफल भएका छन्।

विजयी खेलाडीलाई खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, प्रदेश नम्बर ४ का सभासद् इन्द्रधारा विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जरमण शर्मा, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल लगाएतले पुरस्कार वितरण गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?