‘डाक्टरको लापर्वाहीले काखको छोरी गुमाएँ’

‘डाक्टरको लापर्वाहीले काखको छोरी गुमाएँ’
+
-

काठमाडौँ – गायक गौरव दर्पणकी छोरी प्रशंसा गौतमलाई रुघाखोकी र ज्वरो आइरहेपछि गएको माघ २३ गते उपचारका लागि नक्सालस्थित हिमाल हस्पिटल उपचार गर्न लगेका थिए। बाल रोग विशेषज्ञ डाक्टर जयदेव यादव (एनएमसी नं. १०८४५) लाई छोरी देखाए। ‘भाइरल ज्वरो हो म दवाइ लेखिदिन्छु खुवाएर हेर्नुस्, अनि ४ दिनपछि मलाई आएर देखाउनुस्’, डाक्टरले यसरी भनेपछि गौरवले छोरी सन्चो हुने आसमा फर्किए। औषधि चलाए तर छोरी सन्चो भइनन्।

छोरीमा सुधार नआएपछि गौरव फेरि उनै डाक्टर यादवलाई छोरी देखाउन गए, तर डाक्टरले सन्चो हुँदैछ भन्ने आश्वसन दिएपछि गौरवले पत्याएर डाक्टरले नै भनेबमोजिमको हेरविचार र औषधी चलाए तर छोरीको अवस्था झनै बिग्रिदै गयो।

छोरीको अवस्थाले डराएपछि गौरवले अन्य जाँच गराउन अनुरोध गरे तर डाक्टरले बाफ लगाए सन्चो हुन्छ भन्दै टारिदिएको बताउँछन् गौरव।
‘केही चेकअप गर्नुपर्छ कि डाक्टर भनेर सोधेको थिएँ तर उहाँले बाफ लगाए सन्चो हुन्छ भन्नुभयो’, उपचारका दिन सम्झिए उनले।

तर प्रशंसाको घ्यार्रघ्यार्र बढ्दै गयो। साँझ बिहान बाफ लगाउँदै चेकअप गर्दै गरे पनि प्रशंसाको रोग कम कत्ति भएन। क्रमशः प्रशंसाको अनुहार सुन्निने, पेट फुलिने, खाना नरुच्ने हुन थालेपछि गौरवले डाक्टरलाई एक्स–रे गरेर हेर्न अनुरोध गरे। तर डाक्टरले ‘सामान्य हो औषधि चलिरहेको छ’ भनिदिए। डाक्टर भगवान हुन भन्ने विश्वासलाई गौरवले पनि आत्मासाथ गर्दै डाक्टरकै रायलाई शिरोपर गरे।

तर प्रशंसाको अवस्था झनै नाजुक हुँदैग यो। गौरव र उनकी जहान आशिका गौतम आत्तिए। अन्त अस्पताल लैजान डाक्टरसँग सल्लाह गर्न खोजे तर डाक्टर यादवले निरन्तर सन्चो हुने आश्वासन दिएपछि नपत्याएर पनि भएन। तर गौरवको मन मानेन र डाक्टरलाई अन्य चेकअप गर्न अनुरोध गरे। जुन कुराको डर थियो त्यही भइदियो।

गौरव आशिका छोरी गुमे देखिन् निकै विछिप्त छन्। काखको छोरीको विछोडमा दुःखेको मन आँसुले भिजेको आँखा लिएर गौरव भन्छन्, ‘डाक्टर त भगवान् हुन्छ भन्थे तर हत्यारा पनि हुँदारहेछन्।’

रिपोर्टमा प्रशंसाको दुवै फोक्सोमा पानी जमेको देखियो। त्यसपछि डाक्टरहरु आत्तिए। अचानक पिआइसियूमा राख्नुपर्ने अवस्थामा पुगेकी प्रशंसाको चिन्ता गौरव आशिकालाई त भयो नै हिमाल हस्पिटल परिवार पनि आत्तियो सायद। तुरुन्तै हिमाल हस्पिटलले हेम्समा रिफर गरिदियो। दुर्भाग्य हेम्सले बिरामीको अवस्था हेरेर भर्ना लिन मानेन। फेरि कान्ति बाल अस्पताल रिफर गर्‍यो तर कान्तीमा बेड खाली नभएको जानकारी आयो।

अन्तिममा गौरवले मेट्रो हस्पिटलमा बेड खाली भएको थाहा पाएर छोरी प्रशंसालाई त्यता लगे। भर्ना गरे। छोरीमा सुधार आउने झिनो आसाका साथ मेट्रो अस्पताल पुगेर भर्ना गरेको एकाध घन्टापछि प्रशंसा नरहेको खबर बाहिरियो। गौरव आफै मरितुल्यजस्तो भए। उनीभन्दा छिटो प्रशंसाकी आमा उभिएकै ठाउँमा ढलिन्।

छोरीको अन्तिम काजक्रिया गरेर गौरव दर्पण र आशिका यतिखेर हिमाल अस्पतालको अगाडि छोरीको न्यायका लागि धर्ना र आन्दोलन गर्न विवश छन्।

गौरव र आशिकाको आँखा कत्ति ओभाएका छैनन्। छोरी गुमेको आलो पीडा बोकेर प्रशंसाको न्यायको लागि भीडमा रहेकी आशिका (प्रशंसाकी आमा) एकछिन नरोए आन्दोलनकै भीडमा ढल्छिन् कि झैं देखिने अवस्था छ। देशसञ्चारले उनीसँग कुरा गर्न धेरै कोसिस गर्दा पनि बोल्न सकिनन् उनी। यतिखेर उनका बोलीभन्दा पनि आँखाको आँसु बोलिरहेको थियो।

ज्यान गुमाएकी बालिकाकी आमा।

काखको छोरी गुम्दाको दुःखले उनलाई गलाएको थियो। गौरव आशिका छोरी गुमे देखिन् निकै विछिप्त छन्। काखको छोरीको विछोडमा दुःखेको मन आँसुले भिजेको आँखा लिएर गौरव भन्छन्, ‘डाक्टर त भगवान् हुन्छ भन्थे तर हत्यारा पनि हुँदा रहेछन्’,
आन्दोलनमा आशिकाको चिच्याहाट सुनिन्छ– प्रशंसाऽ !

गौरव आफ्नो छोरीको न्यायका लागि एकपल्ट डाक्टर यादवसँग भेट्न चाहन्छन् । हिमाल हस्पिटलको प्रशासनका पक्षबाट उत्तर सुन्न चाहन्छन् तर अस्पतालले गेट लगाएर प्रहरी तैनाथ गरिदिएको छ। बाहिर गौरव मृत छोरीको न्यायका लागि नारा लगाइरहेका छन्, ‘तिमी कुटिँदा म रोएँ, म रुँदा तिमी किन मौन?’, ‘ज्यानमारा डाक्टर मुर्दावाद!’

तर पीडक पक्षले मिडियालाई प्रवेश गराउन चाहिरहेको छैन भन्छन्, उनी। सायद डराइरहेको छ पीडक। अस्पतालको बदनाम हुन्छ भनेर उनीहरु पत्रकारको टोलीसहितको वार्ता बस्न नमानेको अनुमान सुनाउँछन् गौरव। उनी भन्छन्, ‘मिडियासहितको वार्ता गर्ने हो हामीले पारदर्शी वार्ता हुनुपर्छ। गुपचुप वार्ता गरिन्न। र न्याय नमिलुन्जेलसम्म यो धर्ना र आन्दोलन जारी रहने छ। हामी छोड्नेवाला छैनौं।’

न्यायको लडाइँमा साथ दिनुहुन अनुरोध गर्दै गिलो दुःखमा अस्पतालको लापर्वाहीमाथि प्रश्न गरिरहेका छन्। हिमाल हस्पिटलको लापर्वाहीको कारण अबोध बच्ची प्रशंसा गौतमको न्यायको निमित्त भेला र धर्ना पश्चात अस्पतालले १३ गते वार्ताबाट समस्या समाधानका लागि सहमति पात्र बनाएको थियो तर १३ गतेदेखि अस्पतालले गेट लगाएर पीडितको आवाजलाई रोक्न प्रहरीको पैरवी लिएको छ। पीडितको आवाज दबाउन खोजिएको भान हुन्छ उनलाई तर आफ्नो आन्दोलन निरन्तर चल्ने बताउँछन्।

‘हामीलाई आएका फोन कल र बोलाइएका ठाउँबाट अभिव्यक्त भएका कुराहरु सुन्दा हामीलाई झुलाउने र घटनालाई गुपचुपपमा मिलाउन खोज्न एक्लै आउनु भनिएको छ तर हामी चौपक्ष भएर वार्ता गर्न चाहन्छौं’, उनले भने, ‘अस्पताल प्रशासन, पीडक, पीडित र मिडिया राखेर प्रहरी प्रशासनको रोहबरमा चौपक्षवार्ता गर्ने कुरा थियो तर अहिले उहाँहरूले तपाईहरु मात्रै आउनुस् भन्नुभयो, त्यसपछि यो वार्ता भंग भएर आन्दोलनको रूप लिएको हो।’

तर पीडक पक्षले मिडियालाई प्रवेश गराउन चाहिरहेको छैन भन्छन्, उनी। सायद डराइरहेको छ पीडक। अस्पतालको बदनाम हुन्छ भनेर उनीहरु पत्रकारको टोलीसहितको वार्ता बस्न नमानेको अनुमान सुनाउँछन् गौरव।

उनी भन्छन्, ‘मिडियासहितको वार्ता गर्ने हो हामीले पारदर्शी वार्ता हुनुपर्छ। गुपचुप वार्ता गरिन्न। र न्याय नमिलुन्जेलसम्म यो धर्ना र आन्दोलन जारी रहने छ। हामी छोड्नेवाला छैनौं। ‘यिन(हस्पिटल)लाई बदनाम हौंला भन्ने चिन्ता छ, मैले छोरी गुमाएको छु। मेरो चिन्ता यिनलाई सामान्य हुने। यो त प्रतिनिधि घटना मात्रै हो, देशभरि यस्ता घटना घटेका छन् । हामी सबैको न्यायका लागि हामी सबै देशभरिबाट उठौं।’

‘कुनै कुनामा लगेर पीडितलाई फकाएर दुईचार पैसा दिएर चुप लगाउन कोसिसमा हामी बिक्दैनौं। पीडितले खोजेको न्याय हो पैसा होइन’, उनले आन्दोलनबाटै भने।

हुन त यसअघि पनि डाक्टरको लापर्वाहीले धेरै विरामीले ज्यान गुमाउनु परेको थियो। अभिभावकको रूवाबासी सधैं रह्यो। डाक्टरप्रतिको विश्वास सधैंलाई गुमाएका पीडित पनि छन्, जसले गुपचुपमा मिलेर चित्त बुझाउनु पर्‍यो। तर गौरव अन्य आन्दोलनको संरचनाजस्तो ठान्दैनन्, यो अन्दोलन। बरू यस आन्दोलनलाई देशव्यापी बनाउँदै लैजाने र डाक्टरको लापर्वाहीलाई लिएर राज्य प्रणालीकै विरुद्ध आवाज उठाउन खोजेको बताउँछन्।

‘डाक्टरमाथि विश्वास उड्ने गरी कसैको आफन्तले ज्यान गुमाउन पाउनु हुँदैन यदी त्यस्तो हुन्छ भने यो प्रणाली नै अपराधी हुनेछ’, उनले भने।

गौरव सबै डाक्टर यादवजस्ता हुँदैनन् तर केही डाक्टर र अस्पतालका कारण मेडिकल क्षेत्र बदनाम हुन पुगेको सन्दर्भ जोड्दै भन्छन्, ‘ज्यान लिने डाक्टरलाई संरक्षण गर्नु भनेको अपराध हो। काउन्सिल, एसोसोसिट र अरू सम्बद्ध डाक्टरले यस्तो सार्वजनिक मुद्दामा हामीलाई संरक्षण नगर्नु भनेको अर्को अपराध हो।’

कयौं यस्ता मुद्दा हुन्छन् जसमा लेनदेन पश्चात हराएर जान्छ तर गौरव छोरी गुमाएको पीडामा छन्। र छोरी डाक्टरकै कारण गुमाउन पर्दा अझ नमजाको दुःख आभास हुन्छ। त्यसैले गौरव आर्थिक चलखेल गरेर मिलाउन खोज्नेसँग पारदर्शी भएर वार्ता गर्न चाहेको बताउँछन्, भन्छन्, ‘हामीले खोजेको छोरीलाई न्याय हो, पैसा होइन’, यहाँ आर्थिक लेनदेनको कुरै छैन। एक अपराधी डाक्टरलाई कानुनी कार्वाही हुनुपर्‍यो।’

अहिले हिमाल हस्पिटलको इमरजेन्सी कक्षबाहेक ओपीडी सेवा बन्द गरेर निरन्तर आन्दोलन र धर्ना चलिहरेको छ। ‘हामीले त छोरी गुमायौँ, फर्किएर आउने छैनन्, तर अबका दिनमा कसैले पनि हाम्रोजस्तो पीडा भोग्नु नपरोस् भन्ने चाहन्छौँ। यो लडाईं बेथिति विरुद्धको हो, चरम लापर्वाहीविरुद्ध हो। यो हाम्रो मात्र नभएर तपाईहरु सबैको लडाईं हो’, आन्दोलनबाटै भने उनले।

‘डाक्टर र अस्पताल प्रशासनले हामीबाट गल्ती भयो भनेर स्वकार्नु पर्‍यो। त्यो जिम्मेवारी नलिएसम्म हामी छोड्दैनौं। सार्वजनिक रुपमा क्षतिपूर्ति दिन्छु भनेर आए पनि मान्दैनौं। क्षतिपूर्ति त मेरो छोरीका लागि ब्रहामण बेचेर दिन्छु भनेपनि कम हुन्छ। यो डाक्टरको लाइसेन्स खारेज नहुन्जेलसम्म यो आन्दोलन चर्किरहन्छ,’ गौरव भन्छन्।

तर यो आन्दोलनलाई लम्बाइदियो भने, आलटाल गर्‍यो भने गौरव विकल्प सुनाउँछन्, ‘यदी काउन्सिलले यो मुद्दालाई हलुका बनाउन खोजे, लम्बाउन खोजे अदालत जान्छु। छोरीलाई न्याय दिलाएरै छोड्छु।’

तर यतिखेर हिमाल हस्पिटल र डाक्टर यादवसँग गौरव प्रश्न गर्न चाहन्छन्ः

– ‘चारपाँच दिनदेखि ज्वरो तथा खोकी लागेको बच्चीलाई एक डाक्टरले गम्भीर भएर किन परीक्षण गरेनन्?

– लगातर तीन दिनदेखि बाफ र लगाउने तर एक्स–रे र रगत तथा दिसापिसाबको जाँच किन गरिएन?

– पेट फुल्लिने, अनुहार सुन्निने, घ्यार्रघ्यार्र हुने अवस्था हुँदा पनि अन्य जाँचहरू किन गरिएन?

– एक इमान्दार र निष्ठावान डाक्टरले कुनै बिरामीमाथि गम्भीर खेलबाड तथा लापर्वाही गर्न मिल्छ?

– अस्पतालले पिआइसियू आवश्यक छ भनि त्यहाँबाट अर्को अस्पताल पठाउनुअघि कान्ति बाल अस्पतालमा पिआइसियू खाली छ सम्बिन्धत डाक्टरसँग कुरा भइसक्यो छिटो लैजानुस् भनेर किन झुट बोलियो? बिरामीसँग किन खेलवाड गरियो?

– रेफर लेटरमा डाक्टरको हस्ताक्षर नगरी र अस्पतालको छाप समेत नहानी किन पठाइयो? बिरामीको पुरानो चार दिनदेखिको
–हिमाल हस्पिटलको मेडिकल रिपोर्ट र औषधी किन लुकाउने कोसिस गरियो?’

तस्बिरहरुः सुलभ श्रेष्ठ/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?