कवाडीमा फ्याँकिएका सामान मर्मत गरी पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल

कवाडीमा फ्याँकिएका सामान मर्मत गरी पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल
+
-

मोरङ – विराटनगरस्थित कोशी अस्पतालले कवाडीमा फ्याँकिएका सामग्री पुनः मर्मत गरी प्रयोगमा ल्याएको छ।

लामो समयदेखि अस्पतालका विभिन्न स्थानमा भाचिएर, टुटेर, प्रयोगविहीन भएका सामाग्रीलाई पुनः प्रयोगमा ल्याएको अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीले जानकारी दिए।

आइतबार अस्पताल परिसरमा मर्मत गरिएका सामाग्री पुनः प्रयोगमा ल्याएको जानकारी दिँदै सदस्य बुढाथोकीले पहिलो चरणमा बिग्रिएर फालिएका ५० वटा शैया र बिरामी बोक्ने २२ वटा स्ट्रेचर मर्मत गरेको बताए। उनका अनुसार काम नलाग्ने भनेर फालिएका सामाग्रीलाई कम खर्चमा पुनः प्रयोगमा ल्याउन सकिएको हो।

फालिएका सामाग्री कवाडीमा बेच्न तयार हुँदै गर्दा अस्पतालको खर्च कम हुने गरी ती सामाग्री बनाइएको उनको भनाइ छ। अस्पतालमा उपचारका लागि पुग्ने बिरामी बेड नपाएर भुइँमा लड्नुपर्ने अवस्था रहेको हुँदा मर्मत गरिएका ५० शैयालाई विभिन्न वार्डमा राखिने अस्पताल प्रशासनले जनाएको छ।

त्यसैगरि, फालिएका टेबल, दराज पनि बनाएर पुनः प्रयोगमा ल्याउनका लागि काम गरिने प्रशासनले जनाएको छ। प्रशासनका अनुसार शैया मर्मतका लागि अस्पतालले सुनसरीस्थित इटहरीको एलबिटी इन्टरप्राइजेज प्रालिलाई प्रतिशैया ३ हजार ३ सय रुपैयाँमा पुनः मर्मत गरी तयार गर्न जिम्मा दिएको हो।

बिरामी राख्ने शैयालाई कम्तीमा १५ हजार रुपैयाँ पर्ने जनाएको अस्पतालले मर्मत गरिएका शैया पुनः प्रयोगमा ल्याउँदा बिरामीलाई समेत सहज हुने उल्लेख गरेको छ।

प्रदेश १ को ठूलो अस्पतालका रुपमा रहेको कोशीमा ३ सय ५० शैयाको क्षमता रहेको छ। तर हाल बिरामीको बढ्दो चापलाई हेर्दै अस्पतालले ४ सय शैया आवश्यक वार्डमा राखेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष