
काठमाडाैँ- आगामी वर्ष हुने यू-१९ विश्वकपमा स्थान बनाउनका लागि एसिया छनोट अन्तर्गत युएईसँगको निर्णायक खेलमा नेपाली युवा टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजमानस्थित इडेन गार्डेन ओभलमा नेपाली कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन। मलेसियालाई १० विकेटले हराउँदाको टिमलाईनै प्रशिक्षक जगत टमाटाले निरन्तरता दिएका छन्।
नेपाल र युएई दुवै सुरुवाती चार खेलमा जित निकालेकाले दुबैका लागि यो खेल निर्णायक बनेको छ।
समान ८ अंक भए पनि युएई नेट र नरेटको कारण शीर्ष स्थानमा छ। यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउने छ। नेपाल युएईलाई हराउँदै २०१६ पछि विश्वकपमा स्थान बनाउने प्रयासमा रहेको छ।