छाला रोगबाट कसरी बच्‍ने ? यी हुन् रोकथामका उपाय

छाला रोगबाट कसरी बच्‍ने ? यी हुन् रोकथामका उपाय
+
-

काठमाडौँ -छाला शरिरहेको एउटा यस्तो पत्र (लेयर) हो जसले शरीरलाई भित्री संक्रमण हुनबाट जोगाउँछ । कहिले काही मौसम अनुसार या अन्य रोगका कारणले पनि छालामा विभिन्‍न समस्या आउन सक्छन् ।

काठमाडौँ मेडिकल कजेलकी प्राध्यापक तथा छाला रोग विशेषज्ञ सबिना भट्राईका अनुसार छालाको समस्या मध्ये प्राय छालामा सुख्खापन देखिने, एलर्जी हुने, चिलाउने र छाला फाट्ने जस्ता समस्या प्रमुख हुन्। उनका अनुसार शरीरको भित्री भागमा हुने विभिन्न रोगको लक्षण पनि छालामा देखिने गर्छ ।

प्राय जसो छाला चिलाउने र छाला सम्बन्धि अन्य समस्यालाई मानिसहरुले सामान्य रुपमा लिने गरेका हुन्छन् तर छालामा हुने समस्यालाई हेलचेक्राई गरियो भने यसले हाम्रो शरिरमा जटिल समस्या उत्पन्न गराउन सक्छ, भन्छिन डा. भट्राई ।

छालामा हुने मुख्य समस्या


१ सुख्खापन
सुक्खापन धेरैको समस्या हो । छालामा विभिन्न कारणले सुक्खापन हुने गर्दछ । यो शरिरमा भएको कुनै रोग या लामो समयसम्म कडा साबुनको प्रयोगका कारणले हुने समस्या हो । यो समस्या केहीमा वंशाणुगत पनि हुने गर्छ । उमेरले पनि सुक्खापन ल्याउन सक्छ भने उमेर बढ्दै जादा अनुहारमा चाउरी पर्ने, हात र खुट्टा फाट्ने, छाला खुम्चिने समस्या हुन्छ ।

२ एलर्जी
छालाको रोगसँग लड्ने क्षमता इम्युनिटी पावरमा गढबढी आएमा एलर्जीको समस्या हुन्छ । लामो समयसम्म हातमा घडी, ब्रासलेट, क्यामिकलयुक्त रङ्गको प्रयोग गर्दा छालाको माथिल्लो भागमा असर पार्छ र एलर्जी गराउँछ ।

३ बिभिन्न ब्याक्टेरिया भाइरसको संक्रमण
छालामा भाइरस, ब्याक्टेरिया र ढुसीका कारण संक्रमण हुने गर्छ । यसैगरी लुतो पनि संक्रमणको कारण हुनसक्छ । यो सँगै घरपालुवा कुकुर र बिरालोबाट पनि संक्रमण हुन्छ । कुकुर र बिरालोको कुनै–कुनै किटाणु मानिसमा सर्न सक्छ त्यसैगरी कुकुर बिरालोमा हुने रौ र चाया मानिसको छालामा आएमा छालामा संक्रमण फैलिन्छ । छालाका रोगी मानिससँगको उठबसले पनि यो रोग सार्ने हुन्छ ।

४ छालाको रोगका कारण हुने समस्या

लाइकन प्लानस
लाइकन प्लानस भएमा कपाल चिलाउने, नङ, कुहिनोमा समस्या देखिने ,शरिरमा निलो डाम देखिने हुन्छ । छालाको इम्यूनिटी पावर छालाको कोषसंग जुध्न पुगेमा छालामा समस्या हुन्छ । मेडिकलको भाषामा यसलाई अटो इम्यूनो डिजिज पनि भन्ने गरिन्छ । कतिपय अबस्थामा हात खुट्टा बाउडिने पनि हुने गर्छ । यो रोग बिषेश गरेर २० देखि ३० बर्षको उमेर समूह या त ४० देखि ५० बर्ष सम्मको उमेर समूहमा देखिन्छ ।

सोरियासिस कत्ले रोग
सोरियासिस पनि एक प्रकारको अटो इम्युनो डिजिज नै हो । यो समस्या धेरै मोटो मानिसमा देखिन्छ । यो धेरैमा हुने समस्या हो । छाला रातो हुने, दाद जस्तो देखिने, सुक्खापन हुने र छालामा कत्ला निस्किने हुन्छ । कत्ला निस्किने भएकाले नै यसलाई नेपालीमा कत्ले रोग पनि भन्ने गरिन्छ । विशेष गरी शरिरको जिनमा गडबढी भएमा यो समस्या हुन्छ । मोटोपन भएका, सुगर र थाइराइड सम्बन्धी समस्या भएकाहरुमा यो समस्या बढी नै देखिन्छ ।

५ सुख्खापन
पर्याप्त मात्रामा पानि नपिउँदा पनि छालामा समस्या देखिन्छ । कम पानि पिउने, धेरैबेर घाममा बस्ने गर्नाले छालामा सुक्खापन ल्याउँछ ।

६ पिग्मेन्टेसन डिस्अर्डर
शरीरमा सेतो दुवी वा पोतो आउनुलाई पिग्मेन्टेसन डिस्अडर भनिन्छ । यस्तो समस्या भएकाहरुमा छालाको रङ्गमा फरक आउँछ । कसैमा कालो दाग बस्छ भने कसैमा सेता धब्बा छालामा देखिन्छ । महिलाहरुमा यो समस्या बढि देखिने गरेको पाइन्छ । कतिपय अवस्थामा कम मात्रामा दुबी र बढि मात्रामा चाया देखिने गर्छ । हार्मोनको कारणले कतिपयमा चाया पोतो आउने गर्छ त कतिपय अवस्थामा महिलाले प्रयोग गर्ने पिल्सको साइड इफेक्टको कारणले पनि चाया, पोतो दुबी जस्ता समस्या देखिन्छ ।

७ क्यान्सर
क्यान्सर छालामा हुने जटिल समस्या हो । यो दुइ किसिमको हुन्छ । बेसल सेल क्यारिनोमा बिसीसी र स्क्वामस सेल क्यारिनोमा एसीसी यी दुवै समस्या घामका कारणले गर्दा हुने गर्छन । अल्ट्राभायोलेट किरणको असरबाट बीसीसी र एससिसी क्यान्सर हुन सक्छ ।

मेलानोमल क्यान्सर

छालामा कालो दाग देखिनु मेलानोमल क्यान्सरको संकेत हो भन्ने बुझ्नुपर्ने हुन्छ । यो क्यान्सर अल्ट्राभायोलेटबाट हुने क्यान्सर भन्दा बढी खतराजनक हुने गर्दछ । यो क्यान्सर शरिरका जुनसुकै अंगमा पनि फैलिन सक्छ । छालामा हुने कोठीको साइज, आकार रङ्ग परिवर्तन भएमा मेलानोमल क्यान्सर हुने सम्भावना बढी हुन्छ । सबै प्रकारका अन्य क्यान्सरका कोषहरु छालामा आएर बस्न सक्ने भएकाले छालामा सबैप्रकारका क्यान्सरको उच्च जोखिम हुने गर्दछ ।

छालाको समस्याबाट बच्‍ने उपाय


मोइस्चराइजिङ्ग क्रिम, लोसन र तेलको प्रयोगले छालालाई सुक्खापनबाट जोगाउन सकिन्छ ।

तेल अथवा हातमा क्रिम लगाउनुभन्दा पहिले पानिले हात चिसो बनाएर मात्र प्रयोग गर्ने

कडाखालको साबुनको प्रयोग कम गर्ने

ऊनीको कपडाको प्रयोग नगर्ने

हिटर र एसीको लामो समय सम्म प्रयोग नगर्ने

पर्याप्त मात्रामा पानी पिउने

पर्याप्त मात्रामा फलफूल, सागसब्जीको प्रयोग गर्ने

घाममा निस्किदा सनस्क्रिम र मोस्चराइजिङ क्रिमको प्रयोग गर्ने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?