काठमाडौँ- सर्वोच्च अदालतले काममा फर्कन आदेश दिए पछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिहं साउँदले कार्यभार सम्हालेका छन्।
गत असार २० गते मन्त्रीपरिषद्को निर्णयपछि बर्खास्तिमा परेका साउँदले सरकारले गैर कानुनी रुपमा पदबाट अटाएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
आईतबार सर्वोच्च अदालतले साउँदलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा आदेश गरेपछि उनि पदबाहल भएका हुन्।
नेप्सेमा साउँदले कार्यभार सम्हाले सँगै अर्थ मन्त्रालयले काजमा खटाएका रमेश अर्याल मन्त्रालय फिर्ता भएका छन्। सर्वोच्च अदालतले आगामी साउन १६ गते साउँदलाई हटाउनुको कारणसहित उपस्थित हुन सरकारका नाममा अन्तरिम आदेश दिएको छ।
साउन १६ गतेको ईजलासपछि साउँदलाई हटाउने निर्णयमा दिईएको अन्तरिम आदेश निरन्तर हुने/नहुने टुङ्गो लाग्ने छ। अदालतले आईतबार दिईएको अन्तरिम आदेश निरन्तरता नदिए साउँद साउन १६ गते पछि पदमुक्त हुन सक्नेछन्।

भर्खरै
लोकप्रिय






































































































































































































