
काठमाडाैँ- आगामी २० मार्चबाट बंगलादेशमा सुरु हुने यु-१७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। ३१ मार्चसम्म हुने प्रतियोगिताका लागि २० सदस्यीय टिमको घोषणा गरिएको हो।
मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार नेपाली टोलीको घोषणा गरेकी हुन्। रानाको नेतृत्वमा यु-१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यु-१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिस्ट प्रोग्रामअन्तर्गत प्रतियोगिता आयोजना गर्दैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताका लागि खेलाडी छनोट गर्न एन्फा कम्प्लेक्समा जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा पाँच दिन खुला छनोटको आयोजना गरेको थियो।
नेपाली टोली:
गोलकिपरः सुजाता तामाङ, रधिला ओली, करुण बुढाथोकी
डिफेन्डरः अञ्जना पुन मगर, प्रेना डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, बिपना स्नेही, रेनु लिम्बु चबेगु
मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ