छानबिन समितिको निष्कर्ष: सुन प्रकरणमा डिएसपी ठगबहादुर केसीको बदनियत

छानबिन समितिको निष्कर्ष: सुन प्रकरणमा डिएसपी ठगबहादुर केसीको बदनियत
+
-

काठमाडौँ – प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले सुन व्यापारीसँग बदनियत राखेर आफैले सुन लिन खोजेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले रितपूर्वक सुन बरामद नगरेको र बदनियत राखेर आफैले सुन लिन खोजेको निष्कर्ष छानबिन समितिले निकालेको हो।

व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ आफैले राख्न खोजेको आरोपमा केसी निलम्बित भएका हुन्। इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखबाट सरुवा हुनु अघिल्लो दिन केसी ३५ तोला सुन र २५ लाख रुपैयाँ बराबरको नगद र चेकसहित पक्राउ परेका थिए। केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

सुरुमा ब्यूरोले बुटबलका खिलेन्द्र सिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लाल पहेँलो धातुसहित पक्राउ गरेको थियो।

उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो। उनको घरमा खानतलासी गर्दा नगद आठ लाख ५० हजार रुपैयाँ फेला पारी बरामद गरिएको थियो। प्रहरी प्रधान कार्यालयले भने छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही गरिने जनाएको थियो।

उनीमाथि छानबिन गर्न पुस २० गते समिति गठन गरिएको थियो। वरिष्ठ उपरीक्षक-एसएसपी चन्द्रकुवेर खापुङको संयोजकत्वमा छानबिन समिति गठन भएको। समितिले छानबिन पूरा गरी प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रतिवेदनसमेत बुझाएको छ।

छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार केसीले सुन व्यापारीसँग सुन रितपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खोजेको’ छानबिन समितिको निष्कर्ष छ। सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनुपर्ने भए पनि केसीले बदनियत राखेको उल्लेख गर्दै समितिले सुन बरामद गरेपछि प्रचलित कानूनबमोजिम गर्नुपर्नेमा डिएसपी केसीले आफ्नो पदीय दायित्व पूरा गरेको नदेखिएको उल्लेख छ।

प्रतिवेदन बुझाउँदै समितिले भ्रष्टाचार ऐन अनुसार केसीमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिससमेत गरेको छ।

समितिको सिफारिसअनुसार थप अनुसन्धान र कारबाहीको लागि सो विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?