
काठमाडौँ- पोखराको स्नोल्याण्ड होटलले नियमित रुपमा आयोजना गर्दै आएको उद्यमशीलता सम्बन्धी कार्यक्रम ‘क्रस द बोर्डर’को आगामी सेसनको प्रमुख वक्तामा उद्योगपति पद्म ज्योति रहने भएका छन्।
आगामी साउन ११ गते पोखराको स्नोल्याण्ड होटलमा आयोजना हुने कार्यक्रमको मुख्य उद्देश्य युवाहरुमा उद्यमशीलता विकासका लागि अभिप्रेरित गर्नु रहेको स्नोल्यान्ड होटलका सञ्चालक गणेशबहादुर थापाले जानकारी दिएका छन्।
ज्योति ग्रुपका अध्यक्ष रहेका ज्योतिको अनुभव युवा पुस्ताको लागि फलदायी हुने आयोजकको विश्वास रहेको छ।